back
CTIZAN AD

उदयपुरमा बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप शुरु

वि.सं.२०७६ फागुन १ बिहीवार

831 

shares

१ फागुन, उदयपुर । उदयपुर जिल्लामा आजदेखि जिल्लाको साढे तेतीस हजार बालबालिकालाई दादुरा तथा रुबेला रोगविरुद्धको पहिलो चरणको खोप कार्य शुरु भएको छ ।

आज देखि ५ गतेसम्म पहिलो चरणको खोप अभियानमा जिल्लाको आठमध्ये तीन स्थानीय तह कटारी नगरपालिका, उदयपुरगढी गाउँपालिका र ताप्ली गाउँपालिकाका बालबालिकालाई खोप कार्यक्रम शुरु गरिएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

पहिलो चरणको खोप कार्यक्रम सम्पन्न भएपछि फागनु १५ गतेदेखि २० गतेसम्म दोस्रो चरणको खोप कार्यक्रम सञ्चालन गर्ने स्वास्थ्य कार्यालय उदयपुरका खोप सुपरभाइजर चिरञ्जीवी निरौलाले बताए ।

पहिलो चरणको खोप सञ्चालनका लागि सबै क्षेत्रमा स्वास्थ्यकर्मी तथा स्वयंसेवक परिचालन गरिसकिएको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ । दोस्रो चरणको खोप कार्यक्रममा जिल्लाको पाँच स्थानीय तह त्रियुगा नगरपालिका, बेलका नगरपालिका, चौदण्डी नगरपालिका तथा रौतामाई र लिम्चुङबुङ गाउँपालिकामा खोप कार्यक्रम सञ्चालनको तयारी रहेको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ ।

दुई चरणमा सञ्चालन गरिने खोप कार्यक्रमका दागि जिल्लामा ४९० खोप केन्द्र, ५५१ स्वास्थ्यकर्मी र ९३७ स्वयंसेवक परिचालन गरिएको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ ।

प्रदेश नं १ का जिल्लामा सन् २०१९ मा ५३१ जना बालबालिकामा दादुरा तथा रुबेला रोग देखापरेको थियो । उदयपुरमा भने दुई जना बालबालिकामा मात्र यो रोग देखापरेको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीले बताए ।

प्रदेश नं १ का चौध जिल्लामध्ये उदयपुरमा दादुरा तथा रुबेलाको प्रभाव ज्यादै न्यून रहेको भए पनि सबै पाँच वर्षभन्दा मुनिका सबै बालबालिकामा यो खोप प्रयोग गर्न लागिएको पनि स्वास्थ्य कार्यालय प्रमुख सुवेदीले बताए ।

नेपाल सरकारले सन २०२३ बाट नेपालबाट दादुरा तथा रुबेला पूर्णरुपमा उन्मूलन सम्पन्न गर्ने अभियान तथा लक्ष्य राखेर खोप सञ्चालन गर्दा कार्यक्रम देशभरि नै गर्दै आएका कारण उदयपुरमा पनि यस वर्ष पनि खोप कार्य सञ्चालन गरिएको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ । रासस

वि.सं.२०७६ फागुन १ बिहीवार १३:१४ मा प्रकाशित

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

भद्रपुर (झापा) । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष...

व्यावसायिक किवीखेतीमा जुट्दै खावाका किसान

व्यावसायिक किवीखेतीमा जुट्दै खावाका किसान

भोजपुर । यहाँको टेम्केमैयुङ गाउँपालिका–५ खावामा किवीखेती विस्तार भइरहेको छ...

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा...

पाथीभराको भेटी एक करोड छ लाख

पाथीभराको भेटी एक करोड छ लाख

फुङ्लिङ (ताप्लेजुङ) । पाथीभरा देवीस्थानमा एक महिनामा रु एक करोड...

पाँचथरका छ विद्यालयको नतिजा ‘ननग्रेडेड’

पाँचथरका छ विद्यालयको नतिजा ‘ननग्रेडेड’

पाँचथर । हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) को मा...