back
CTIZAN AD

सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु

वि.सं.२०७६ फागुन १ बिहीवार

792 

shares

१ फागुन, काठमाडौं । कञ्चनपुर, सल्यान, धादिङ, सप्तरी र कास्कीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।

कञ्चनपुर,कृष्णपुर नगरपालिका- २ बंकस्थित सडकमा रोकिराखेको ना.७ ख६५१६ नम्बरको बसमा से.३ प ३९४ नम्बरको मोटरसाइकल ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदामोटरसाइकलमा सवार कैलाली गोदावरी नगरपालिका १० बस्ने ३१ वर्षीय मोहन चौधरीको मृत्यु भएको छ ।

मोटरसाइकल दुर्घटना हुँदा सडकमा लडेका चौधरीलाई बिपरित दिशाबाट आएको से.१ ख १२७३ नम्बरको मिनीट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएकोमा पदमा अस्पताल अत्तरियामा उपचारको क्रममा उनको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक कैलाली गोदावरी नगरपालिका १० बस्ने २८ वर्षीय निराजन चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ। तीनवटै सवारी साधन तथा बस र मिनिट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सल्यान,कपुरकोट गाउँपालिका- ३ चोरखोलास्थित सडकमा नेपाली सेनाको सबुज गण सिमखर्क ब्यारेकबाट बुटवलतर्फ जाँदै गरेको लु.१ ग १२३ नम्बरको ट्रकसडकबाट अन्दाजी ५ सय मिटर तल खसेर बुधबार दिउँसो दुर्घटना हुँदा ट्रकमा सवारबारा डुमरवाना ८ घर भएका नेपाली सेनाका जमदार ३५ वर्षीय यादव भरेलको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका नेपाली सेनामा कार्यरत अन्य ६ जनालाई तत्काल खटिएका सुरक्षाकर्मीले उद्धार गरी उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसिपुर पठाएकोमा थप उपचारको लागि सैनिक अस्पताल छाउनी रिफर गरिएको छ ।

धादिङ,गजुरी गाउँपालिका- २ चाम्बासस्थित सडकमा लु.२ ख १३५ नम्बरको बस र बा.९८ प ७०५८नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा स्कुटरमा सवार चितवनभरतपुर महानगरपालिका १३ गितानगर बस्ने २०वर्षीया महिमा सिलवाल र २२ वर्षीया शर्मिला सिलवालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुमध्ये महिमाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा र शर्मिलाकोट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाईप्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी धादिङ,बेनिघाट रोराङ गाउँपालिका- २ अर्चलेस्थित सडकमा ना.२ ख ५०५७ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने दिनेश गुरुङको छोरा ७ वर्षीय प्रज्वल गुरुङको बुधबार साँझ घटनास्थलमै मृत्यु भएको छ ।फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सप्तरी,हनुमाननगर कंकालिनी नगरपालिका –१ गोरियाहीस्थित सडकमा बा.१ प ८००० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही नगरपालिका २ सकरदही बस्ने ३५ वर्षीया मुनिदेबी यादवको घोपा अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कास्की,पोखरा महानगरपालिका –५ जिरो किलोमिटरस्थित सडकमा ग.१ ज ४०९७ नम्बरको ट्याक्सी र ग.१० प२५५५ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार दार्चुला घर भई हाल पोखरा महानगरपालिका ६ खहरेबस्ने ३५ वर्षीय पदम सिंह दहाडको मेट्रोसिटी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलचालक काभ्रेघर भई हाल पोखरा महानगरपालिका ८ न्यूरोड बस्ने २४ वर्षीय आशिष भुजेलको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्सीर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

वि.सं.२०७६ फागुन १ बिहीवार १३:४५ मा प्रकाशित

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...