back
CTIZAN AD

१४ हजार बालबालिकालाई दादुरा खोप दिइने

वि.सं.२०७६ फागुन १ बिहीवार

780 

shares

१ फागुन, इटहरी । इटहरी उपमहानगरमा फागुन १४ देखि २२ गतेसम्म दादुरा र रुवेलाविरुद्धको खोपका लागि तयारी तीव्र पारिएको छ । इटहरीमा नौ महिनादेखि पाँच वर्षमुनिका १४ हजार २४७ बालबालिकालाई दादुरा र रुवेलाविरुद्धको खोप प्रदान गरिनेछ ।

दादुरा र रुवेला खोप अभियानकै अवसरमा जन्मेदेखि पाँच वर्षसम्मका १७ हजार ३४६ बालबालिकालाई पोलियो थोपासमेत खुवाइने कार्यक्रम रहेको उपमहानगर स्वास्थ्य संयोजक रामचरण चौधरीले बताए । इटहरीका ६४ स्थानमा खोप प्रदान गर्न २४ जनालाई तालीम दिइसकिएको छ । सबै वडामा अभिमुखीकरण कार्यक्रम गरिँदैछ ।

जन्मेदेखि पाँच वर्षसम्मका बालबालिका रहेका सबै घरहरुमा खोपका लागि निम्तो कार्ड पु¥याइने सरोकारवालासँग गरिएको नगरस्तरीय अभिमुखीकरण कार्यक्रममा जनस्वास्थ्य निरीक्षक घनश्याम सिग्देलले बताए । खोप अभियानका लागि १८५ स्वयंसेवक परिचालन गरिनेछ । कार्यक्रममा इटहरी अस्पतालका डा मनिष शर्मा, स्वास्थ्यकर्मी रामकुमार धमला र जिल्ला जनस्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स सिर्जना लिङथेपले रुवेला–दादुरा खोप अभियानको महत्वका बारेमा प्रकाश पारे ।

इटहरी उपमहानगर–४ का अध्यक्ष चन्द्र भट्टराईले खोप अभियान सम्पन्न गर्न कार्यपालिकाले भरपुर सहयोग गर्ने बताए । सामाजिक विकास तथा स्वास्थ्य महाशाखा प्रमुख भोजकला दवाडीले बालबालिकाको स्वस्थ भविष्य सुनिश्चिताका लागि खोप अभियान सफल बनाउन सम्बन्धित सबै सरोकारपक्षसँग आग्रह गरे ।रासस

वि.सं.२०७६ फागुन १ बिहीवार १४:०३ मा प्रकाशित

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

भद्रपुर (झापा) । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष...

व्यावसायिक किवीखेतीमा जुट्दै खावाका किसान

व्यावसायिक किवीखेतीमा जुट्दै खावाका किसान

भोजपुर । यहाँको टेम्केमैयुङ गाउँपालिका–५ खावामा किवीखेती विस्तार भइरहेको छ...

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा...

पाथीभराको भेटी एक करोड छ लाख

पाथीभराको भेटी एक करोड छ लाख

फुङ्लिङ (ताप्लेजुङ) । पाथीभरा देवीस्थानमा एक महिनामा रु एक करोड...

पाँचथरका छ विद्यालयको नतिजा ‘ननग्रेडेड’

पाँचथरका छ विद्यालयको नतिजा ‘ननग्रेडेड’

पाँचथर । हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) को मा...