back
CTIZAN AD

कस्ले आदेश दियो नेकपा नेता युवराज चौलागाईँलाई पक्रन ?

वि.सं.२०७६ फागुन २ शुक्रवार

858 

shares

२ फागुन, काठमाण्डौं । पूर्वमाओवादीहरुको पुर्नमिलन कार्यक्रममा बागबजारमा गएका नेकपा नेता युवराज चौलागाईँलाई  प्रहरीले समातेर छोडेको छ ।

जनयुद्ध स्मरण समितिको भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रममा पुगेका सत्तारुढ नेकपाका केन्द्रीय सदस्य युवराज चौलागाईलाई कार्यक्रमको हलदेखि पछ्याँउँदै आएका सिभिल ड्रेसका प्रहरीले होटल हार्दिकको गेटनेर पक्राउ गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

‘तपाई युवराज चौलागाई होइन ? भन्ने प्रहरीको प्रश्नमा उनले ‘हो, म युवराज चौलागाईँ हुँ’ भन्ने जवाफ दिएका थिए ।
उनको जवाफ लगत्तै ‘तपाईलाई हामी लिन आएका हौं हिड्नुस्’ भनेर भ्यान देखाउँदै घचेटेका थिए । एक प्रत्यक्षदर्शीले संसारन्युजलाई भने ।

त्यसलगत्तै प्रहरी निरीक्षकलाई बोलाउँदै चौलागाईले भने, तपाईहरुले के गर्न खोज्नु भएको हो ? मान्छे चिन्नु भएको छ ?’, यति भनिरहँदा पनि ती प्रहरी अधिकारीले प्रतिवाद गर्दै युवराजलाई भ्यानमा राख्न भनिरहेका थिए । नेता चौलागाईँले अलिकति जंगिदै ‘तपाईहरुले मेरो परिचय खोज्नु भएको हो ? म सत्तारुढ पार्टीको केन्द्रीय सदस्य हुँ । भित्रको कार्यक्रममा मैले के बोलेको थिएँ ? तपाईका गुप्तचर थिएनन् ?’ भनेर परिचय देखिाएपछि ५/७ मिनेट पछि उनलाई ‘सरी’ भन्दै छाडिएको ती प्रत्यक्षदर्शीले बताएका छन् ।

जनयुद्धका उपलब्धि र प्रभावलाई बुझ्ने दुई अतिको व्याख्या समेत गरेर क्रान्तिको बाँकी काममा युग सापेक्षताको सिर्जनशीलता हुनुपर्ने विचार राखेका चौलागाईँ सत्तारुढ नेकपाको केन्द्रीय सदस्य साथै हालै गठित प्रवास समन्वय कमिटीको अध्यक्ष समेत हुन् ।

कार्यक्रममा सबै समुहका माओवादीहरु जम्मा भएको सूचनाका आधारमा भित्र हलमा समेत सिभिल प्रहरी पुगेका र बाहिर गेटमा प्रहरीका गाडिहरु राखिएको थियो ।

सो कार्यक्रममा सत्तारुढ नेकपाका केही नेताहरु, नेकपा (क्रान्तिकारी माओवादी) समर्थकहरु, विप्लवप्रति सहानुभुति राख्ने केही व्यक्तिहरु र कतै पनि आवद्ध नभएका स्वतन्त्र माओवादीहरुको सहभागिता रहेको थियो ।

‘चौलागाईप्रतिको प्रहरी व्यवहारले प्रहरी प्रशासनको दख्खलता र व्यवसायिकता उदांगो पारेको एक सहभागीले संसारन्युजलाई भने । संसारन्युजसँग कुरा गर्दै नेता चौलागाईँले भने, ‘त्यस्तो स्थिति भएकै हो ।’

वि.सं.२०७६ फागुन २ शुक्रवार १०:१२ मा प्रकाशित

बयलगाडाले किचेर घाइते बालकको मृत्यु

बयलगाडाले किचेर घाइते बालकको मृत्यु

बरहथवा (सर्लाही) । सर्लाहीको बरहथवामा बयलगाडाले किचेका बालकको आज उपचारका...

रास्वपा ताप्लेजुङमा गुरुङ

रास्वपा ताप्लेजुङमा गुरुङ

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ सभापतिमा राजनकुमार गुरुङ...

अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

अछाम । अछामको कमलबजार नगरपालिका– ७ स्थित क्वाल्लेखमा जिप दुर्घटना...

कठिन भूगोल छिचोल्दै स्थानीयको श्रमदानमा बन्यो पदमार्ग

कठिन भूगोल छिचोल्दै स्थानीयको श्रमदानमा बन्यो पदमार्ग

मलेखु (धादिङ) । धादिङको रुबीभ्याली गाउँपालिकाको पर्यटकीय गन्तव्य कालो दह...

आजको मौसम विवरण : हिमाली र पहाडी भागमा वर्षा, तराईमा तातो बढ्ने

आजको मौसम विवरण : हिमाली र पहाडी भागमा वर्षा, तराईमा तातो बढ्ने

काठमाडौँ । देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...

बढी तातो र खडेरीका कारण धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

बढी तातो र खडेरीका कारण धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

गाईघाट (उदयपुर) । जेठको पहिलो हप्तादेखि अत्यधिक गर्मीसँगै सुक्खा खडेरी...