back

चीनबाट ल्याइएका नेपालीको स्वास्थ्यस्थिति बुझ्न स्वास्थ्यमन्त्री ढकाल क्‍वारेन्टाइनमा

वि.सं.२०७६ फागुन ६ मंगलवार

762 

shares

६ फागुन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले मङ्गलबार चीनको उहानबाट उद्धार गरी ल्याएका नेपाली विद्यार्थी राखिएको खरिपाटीस्थित क्‍वारेन्टाइनको अवलोकन गरेका छन् । क्‍वारेन्टाइनमा राखिएका विद्यार्थीको स्वास्थ्यस्थिति र उनीहरूको अवस्थाबारे बुझ्न मन्त्री ढकाल खरिपाटी क्‍वारेन्टाइन पुगेका हुन् ।

मन्त्रीसहित प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे पनि खरिपाटी क्‍वारेन्टाइन गएकी थिइन् । उनीहरूले त्यहाँ खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सरसफाइ गर्ने कर्मचारीको काम स्थिति अवलोकन गरेका थिए।

मन्त्री ढकालले कन्ट्रोल रुमबाट क्‍वारेन्टाइनमा रहेका विद्यार्थीहरुलाई सम्बोधन गर्दै सरकार आफ्ना नागरिकप्रति सदैव सचेत र जिम्मेवार रहेको बताएका थिए ।

वि.सं.२०७६ फागुन ६ मंगलवार १६:०७ मा प्रकाशित

Himalayan Life AD
मानसिक स्वास्थ्य सेवा सुदृढ गर्ने उपाय

मानसिक स्वास्थ्य सेवा सुदृढ गर्ने उपाय

नेपालमा आधुनिक मानसिक स्वास्थ्य सेवाको इतिहास धेरै लामो छैन ।...