back
CTIZAN AD

चीनबाट ल्याइएका नेपालीको स्वास्थ्यस्थिति बुझ्न स्वास्थ्यमन्त्री ढकाल क्‍वारेन्टाइनमा

वि.सं.२०७६ फागुन ६ मंगलवार

1K 

shares

६ फागुन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले मङ्गलबार चीनको उहानबाट उद्धार गरी ल्याएका नेपाली विद्यार्थी राखिएको खरिपाटीस्थित क्‍वारेन्टाइनको अवलोकन गरेका छन् । क्‍वारेन्टाइनमा राखिएका विद्यार्थीको स्वास्थ्यस्थिति र उनीहरूको अवस्थाबारे बुझ्न मन्त्री ढकाल खरिपाटी क्‍वारेन्टाइन पुगेका हुन् ।

मन्त्रीसहित प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे पनि खरिपाटी क्‍वारेन्टाइन गएकी थिइन् । उनीहरूले त्यहाँ खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सरसफाइ गर्ने कर्मचारीको काम स्थिति अवलोकन गरेका थिए।

मन्त्री ढकालले कन्ट्रोल रुमबाट क्‍वारेन्टाइनमा रहेका विद्यार्थीहरुलाई सम्बोधन गर्दै सरकार आफ्ना नागरिकप्रति सदैव सचेत र जिम्मेवार रहेको बताएका थिए ।

वि.सं.२०७६ फागुन ६ मंगलवार १६:०७ मा प्रकाशित

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...