back
CTIZAN AD

पूर्वका चार जिल्लामा न्याय प्रशासन नाजुक

वि.सं.२०७३ मंसिर २८ मंगलवार

1K 

shares

२७ मङ्सिर,खोटाङ । राष्ट्रिय मानवअधिकार आयोगले पूर्वी नेपालका खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु र भोजपुरको न्याय प्रशासन, हिरासत तथा कारागारको अवस्था नाजुक रहेको प्रतिवेदन सार्वजनिक गरेको छ ।

आफ्नो कार्यक्षेत्रभित्र पर्ने चार जिल्लाको स्थलगत अध्ययनपछि आयोगको उपक्षेत्रीय कार्यालय दिक्तेलले कारागारको अवस्था जीर्ण भएको, क्षमताभन्दा बढी कैदीबन्दी र थुनुवा राखिएको तथा खाना सिदा खर्च पर्याप्त नभएको पाइएको जनाएको छ ।

आयोगका प्रतिनिधि लोकनाथ घिमिरेका अनुसार हिरासत तथा कारागारमा आधारभूत सुविधाको कमी, स्वास्थ्योपचारमा समस्या, न्यायिक प्रक्रियामा ढिलाइलगायत समस्याबाट कैदीबन्दी र थुनुवापीडित देखिएको छ । आयोगले शिक्षा, स्वास्थ्य, वैदेशिक रोजगार, हिरासत, कारागारलगायतको सेवासुविधामा सुधार गर्नुपर्ने औँल्याएको छ ।

चार वटै जिल्लाका अस्पतालमा स्त्री रोग विशेषज्ञ सेवा नहुनु, यथेष्ट सूचना र सहज पहुँचको अभावमा दुर्गम गाविसमा स्वास्थ्यकर्मी र औषधि कम हुनु, स्वास्थ्य उपकरण र सेवाको अपर्यप्तता, गरिबी, अशिक्षा, परम्परागत उपचार पद्धतिमा विश्वास, बालविवाहलगायत समस्या रहेको पाइएको आयोगले जनाएको छ ।

यस्तै कार्यविधिगत झन्झट, न्यायाधीशको अपर्याप्तता, परम्परागत न्याय प्रणाली र फैसलाको ढिला जानकारीले थुनुवाले धेरै समयमा थुनामा बस्नुपर्ने समस्या भेटिएको घिमिरेले बताउनुभयो ।

यसैबीच जिल्लामा मानवाधिकार उल्लङ्घनका घटना दोब्बरभन्दा बढीले वृद्धि भएको पाइएको छ । जिल्लामा सन् २०१६ मा १०६ मानवाधिकार उल्लङ्घनका घटना भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) खोटाङका प्रतिनिधि सुनिता मगरले जानकारी दिनुभयो । यो सन् २०१५ को भन्दा ६२ ले बढी हो ।
गत २०७२ साल पुसदेखि हालसम्मका अवधिमा सबैभन्दा बढी महिला हिंसासम्बन्धी घटना भएको मगरले जानकारी दिनुभयो । उहाँका अनुसार सो अवधिमा चार महिला र छ बालिका बलात्कृत भएको तथा पाँच महिला र तीन बालिकामाथि बलात्कार प्रयास भएको छ ।
मानवाधिकार वर्ष पुस्तकको पूर्वसमीक्षा कार्यक्रममा प्रस्तुत प्रतिवेदनमा ३० महिला घरेलु हिंसाबाट पीडित भएको, २४ महिलामाथि दुव्र्यवहार भएको र सात महिला बहुविवाहबाट पीडित भएको पाइएको छ । वर्ष दिनका अवधिमा नौ गैरन्यायिक, एक शिशु र एक भ्रुण हत्या भएको पाइएको मगरले जानकारी दिनुभयो । रासस

वि.सं.२०७३ मंसिर २८ मंगलवार ०७:४८ मा प्रकाशित

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ...

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

वीरगञ्ज (पर्सा) । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका...

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मेला–महोत्सव एवं रातको समयमा...

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर (झापा) । प्रवेशाज्ञा (भिसा) दस्तुरवापत गत आर्थिक वर्ष २०८२÷८३...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...