back
CTIZAN AD

मीरालाई जिताउन अमेरिकामा   एकजुट भए नेपालीहरु

वि.सं.२०७३ मंसिर २८ मंगलवार

1.4K 

shares

vote-apeal

प्रतिष्ठित अन्तराष्ट्रिय च्यानल नेशनल जोयोग्राफीको  एडभेन्चर अफ द इयर अवार्डका लागि मनोनयनमा परेकी नेपाली चेली अल्ट्राधाविका मीरा राईलाई जिताउन  अमेरिकामा रहेका नेपालीहरु  एकजुट भएका छन् ।

युनाइटेड अफ किराँत राई अर्गनाइजेशनले संस्थाकी  अध्यक्ष विष्णु राइको  अध्यक्षतामा  ८ डिसेम्बरका दिन  एक कार्यक्रमको आयोजना गरी मीरा अल्ट्रा धाविका मीरा राईलाई जिताउन संसारभरीका नेपालीहरुलाई भोट गर्न अनुरोध गरेको छ । उक्त कार्यक्रममा अध्यक्ष राईले मीराले नेपाल र नेपालीको शिर उच्चा पार्ने काम गरेकोले सबैले भोट दिएर उनलाई जिताउनुपर्ने बताए । कार्यक्रममा अर्गनाइजेसनका उपाध्यक्ष मुना राईले स्वागत मन्तव्य राख्दै अनुराधा कोइराला, पुष्पा बस्नेतलाई सिएनएन हिरोमा जिताए झैं उनलाई पनि जिताउन आग्रह गरिन ।

mira-rai-1

नेपाली महावाणिज्य दूताबास, न्यूयोर्कका कन्सुलर एवं कार्यक्रमका प्रमुख अतिथि कृष्ण सुवेदीले मीराको जित नेपालीको जित भएकोले सबैले उनलाई केही समय निकालेर भएपनि भोट दिन आह्वान गरे । यसैगरी विशेष अतिथि एवं जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङ संसारभर भएका जनसम्पर्क समितिमा मीरा लाईलाई भोट हाल्न पहल गर्ने प्रतिबद्धता जनाए  ।एनआरएन अमेरिकाकी उपाध्यक्ष बन्दना कोइरालाले संसारमा रहेका नेपाली एकजुट भइ भोट हाल्न पहल गर्ने धारणा राख्नुभयो ।  शेर्पा किदुगका महासचिव जाङ्बु शेर्पाले मीरालाई जिताउन आफ्नो संस्थाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । यसैगरि नेपाली जनसम्पर्क समिति न्युयोर्क च्याप्टरका अध्यक्ष रोशन ढुंगानाले नेपालबाट कम भोट आएकोमा आपत्ति जनाउँदै सरकारले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

mira-rai-group-1

कार्यक्रममा आदिबासी जनजाति महासंघ, अमेरिका, संघीय परिषदका अध्यक्ष विनोद पोमु, अधिकारकर्मी विष्णुमाया परियार थापा, संघीय समाज अमेरिकाका अध्यक्ष समीर महर्जन, गुरुङ समाजका प्रतिनिधि सिद्धार्थ गुरुङ, मुस्ताङ किदुगका कार्यकारी अध्यक्ष एवं जनजाति महासंघ, अमेरिकाका कोषाध्यक्ष राजकुमार विष्ट, नेपाल किरात खेलकुद संघका संयोजक पर्खि राई, नेवाः नखका प्रतिनिधि तथा एनआरएन–एनसिसी युएसएका सदस्य विष्णुमान प्रधानले मीरालाई जिताउनु हामी सबैको कर्तव्य भएको बताए ।

मीरालाई अब  तीन दिन (१६ डिसेम्बर) सम्म मात्र भोट दिन सकिनेछ भने  २०१७ जनवरीमा विजेताको घोषणा गरिनेछ ।

वि.सं.२०७३ मंसिर २८ मंगलवार ०८:१८ मा प्रकाशित

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...