back
CTIZAN AD

मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल गर्न ओलीले बोलाए प्रचण्ड, को बन्ला त सञ्चारमन्त्री ?

वि.सं.२०७६ फागुन ९ शुक्रवार

852 

shares

९ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटार बोलाएका छन् । बालुवाटार स्रोतका अनुसार पछिल्लो समय उत्पन्न राजनीतिक परिस्थितिका र मन्त्रीपरिषद् विस्तारबारे छलफल गर्न प्रचण्डलाई बालुवाटार बोलाइएको हो ।

७० करोड घुस प्रकरणमा मुछिएपछि गोकुलप्रसाद बाँस्कोटाले संचारमन्त्रीबाट राजीनामा दिए । उनको राजीनामासँगै सञ्चार तथा सूचना प्रविधि र शहरी विकास मन्त्रालय पनि खाली छन् । त्यसैगरी कार्यसम्पादन कमजोर रहेका केहि मन्त्रीलाई विदाई गर्ने पनि ओलीको तयारी रहेको कुरा यसभन्दा पहिले पनि आइसकेको हो । अब हुने मन्त्रिपरिषद् बिस्तारको क्रममा कम्तिमा पनि तीन मन्त्रीको बिदाई हुने र कम्तिमा पनि पाँच नयाँ मन्त्री थपिने बालुवाटार स्रोतको दाबी छ ।

गत सोमबार पूर्वउपभामुख डा शिवमाया तुम्बाहाम्फे कानुन मन्त्रीमा नियुक्त गर्ने सिलसिलामा प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गर्न ओलीलाई सुझाव दिएका थिए । ओली र प्रचण्डबीच पूर्व एमालेतर्फका २ र पूर्वमाओवादी तर्फका २ मन्त्रीलाई मन्त्रिपरिषद्बाट बिदाई गर्ने सहमति यसअघि नै भएको थियो । पछिल्लो राजनीतिक घटनाक्रम अनुसार एक मन्त्रीको राजीनामा आईसकेकोले अब ३ मन्त्रीलाई मात्र जिम्मेवारीबाट हटाउने सम्भावना छ ।

अबको सञ्चारमन्त्री को ?
सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाको राजीनामासँगै नेकपाभित्र अबको सञ्चारमन्त्री को भन्ने छलफल शुरु भएको छ । पूर्व एमालेको कोटामा परेको सञ्चारमन्त्रीमा डा बेदुराम भूषालको चर्चा अग्रपङ्तिमा छ । त्यसैगरी खगराज अधिकारीकृष्णगोपाल श्रेष्ठलाई पनि भावि सञ्चारमन्त्रीको रुपमा हेरिएको छ ।

शक्ति सन्तुलनलाई मध्यनजर राख्दै पूर्व एमालेले सहरी विकास मन्त्रालयको जिम्मेवारी लिने गरी सञ्चारमन्त्री पूर्वमाओवादीले लिने चर्चा पनि नेकपा वृत्तमा चलेको पाईन्छ । समाजवादी पार्टीले छोडेको कानून र सहरी विकास दुबै पूर्वएमालेले लिने र सञ्चार माओवादीले लिने विषयमा पनि ओली प्रचण्डबीच छलफल चलेको स्रोतको दाबी छ । बाँस्कोटाले राजीनामा नदिंदै उनलाई सहरी विकासमा ल्याएर सञ्चारमा नयाँ मन्त्री ल्याउनेबारे ओली प्रचण्डबीच छलफल भएको स्रोत बताउँछ ।

यस हिसावले सञ्चार मन्त्री पूर्वमाओवादीको पोल्टामा परेमा त्यहाँ पनि ३ जना आकांक्षी देखिएका छन् । अघिल्लो पटक मन्त्रिमण्डल पुनर्गठन हुँदा नै प्रचण्डले हरिबोल गजुरेल, पम्पा भूषाल देबेन्द्र पौडेललाई अर्कोपटकको मन्त्रिमण्डल पुनर्गठन गर्दा मौका दिने आश्वासन दिएका थिए । त्यस हिसावले सञ्चारमन्त्री पूर्वमाओवादीले पाएको अबस्थामा गजुरेल, भूषाल र पौडेलमध्ये एकले सञ्चारमन्त्री पाउने देखिएको छ । त्यसो त अर्का नेता जनार्दन शर्मालाई पनि मन्त्रिपरिषद्मा सहभागि गराउन प्रचण्ड सकारात्मक रहेकोले सञ्चारमा उनको पनि सम्भावना उत्तिकै देखिएको छ ।

प्रधानमन्त्री ओली भने सञ्चारमा अनुभवि मन्त्री ल्याउन चाहेका छन् । सञ्चारमन्ञी नै सरकारको प्रवक्ता समेत हुने भएकोले मिडियालाई पनि रिझाउन सक्ने पात्रलाई सञ्चारमा उनले ल्याउन चाहेका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई संचारमा ल्याएर परराष्ट्रमा नयाँ मन्त्रीको खोजी गर्नेबारे पनि ओलीले सोच्न सक्ने सम्भावना देखिएको छ । यता पर्यटन मन्त्रालय संहालिरहेका योगेश भट्टराई पनि संचारमा आउन चाहेको नेकपाभित्र चर्चा छ ।

वि.सं.२०७६ फागुन ९ शुक्रवार १४:०३ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...