back
CTIZAN AD

यी हुन्, दुई वर्षमा नेकपा सरकारले गुमाएको ४ सारथी

वि.सं.२०७६ फागुन ९ शुक्रवार

723 

shares

गत शनिबार सरकारले २ वर्ष पूरा गरेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा संवोधन गरे । संवोधनका क्रममा उनले २ वर्ष टिक्नु पनि सरकारको उपलब्धी भएको जिकिर गरे । जनचाहना अनुसार काम गर्न नसकेको आरेप खेप्दै आएका ओलीले सरकार टिकाउनु नै उपलब्धि भएको भनेपछि झन् आलोचित हुन पुगे ।

विहिबार मात्र ओलीका विस्वासपात्र मानिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले घुसमा बार्गेनिङ प्रकरणमा राजीनामा दिन बाध्य भएपछि सरकारको थप आलोचना भैरहेको छ । ओलीको बिस्वासपात्र नै घुसमा बार्गेनिङ प्रकरणमा मुछिएपछि यस्मा प्रधानमन्त्री ओलीको पनि संलग्नता हुनसक्ने आकलन पनि गरिएको छ । कतिपयले प्रधानमन्त्री ओलीले पनि नैतिकताको आधारमा राजीनामा दिनुपर्ने आवाज समेत उठाईरहेका छन् ।

यता प्रधानमन्त्री ओलीले भने स्वच्छता, पारदर्शिताका सम्बन्धमा अलिकति मात्रै पनि प्रश्न उठेमा यस्ता विषयमा कसैको अनुहार हेरेर व्यवहार नगर्ने बताउँदै आएका छन् । प्रधानमन्त्रीले शुसासनका निम्ति चाल्नु पर्ने कदममा आफू नहिच्किचाउने समेत बताएका छन् । बाँस्कोटाको राजीनामापछि ओलीले आफू भ्रष्ट्राचार अन्त्य र शुसासनका लागि नजिक र टाढाका मानिस नभन्ने समेत बताएका थिए ।

यी हुन् दुई वर्षमा सरकारले गुमाएको चार सारथी
ओली सरकार गठन भएको भर्खरै २ वर्ष पूरा भएको छ । यो २ वर्ष्भित्र ओलीले एकपटक मन्त्रीमण्डल बिस्तार गरे भने प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा बलात्कार आरोपमा राजीनामा दिएकोले सभामुख परिवर्तन गरे । उपसभामुखले राजीनामा दिएकोले नयाँ उपसभामुख निर्वाचनको तयारीमा छन् । ओली सरकारले २ वर्षको अवधिमा एक मन्त्री सदाका लागि गुमायो भने सभामुखसहित २ मन्त्री भने ओली कार्यकालमा नदोहोरिने गरी गुमाएको छ ।

हेरौ सरकारले २ वर्षमा गुमाएको ४ सारथी

१, रवीन्द्र अधिकारीको निधन अनि वाइडबडी
गत वर्ष फागुन १४ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको निधन भयो । विमानस्थल निरिक्षण तथा संभाव्यता हेर्नकै लागि हिँडिरहेका मन्त्री अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो । तुलनात्मक रुपमा स्वच्छ छविका मानिएका अधिकारी पछिल्लो समय वाइडबडी विमान खरिद प्रकरणमा भएको भ्रष्टाचारमा मुछिएपछि बदनाम भएका थिए । यद्दपी आरोपको अनुसन्धान नहुँदै उनको निधन भयो ।

२ कृष्ण बहादुर महरा
संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहिलाई बलात्कार प्रयास गरेको आरोपमा तत्कालिन सभामुख कृष्ण बहादुर महराले राजीनामा दिनुपर्यो । यद्दपी गत सोमबार उनले उक्त आरोपमा सफाइ पाईसकेका छन् । सफाई पाए पनि महरा ओली सरकारमा हुने भूमिकामा जाने सम्भावना देखिदैन ।

३-शेरबहादुर तमाङ
तत्कालिन कानुन, न्याय तथा संसदिय मामलामन्त्री शेरबहादुर तमाङले पनि आफ्नो कार्यकाल पूरा नगरी बिदाई भए । उनले श्रीलंकामा अध्ययनरत छात्राको बारेमा गरेको टिप्पणी आलोचित हुन जाँदा मन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए ।

४ -गोकुल बाँस्कोटा
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले घुसमा बार्गेनिङ प्रकरणमा विहिबार राजीनामा दिएका छन् । सेक्युरिटी प्रिन्टिङमा स्वीस एजेन्ट बिजयप्रकाश मिश्रसँग ७० करोड कमिसनको बार्गेनिङ भएकोे अडियो विभिन्न सञ्चार माध्यममार्फत् सार्वजनिक भएको थियो ।
अडियोमा स्वीस कम्पनीलाई सेक्युरिटी प्रिन्टिङको ठेक्का दिदा ७० करोड आउने र त्यसको ७० प्रतिशत मन्त्रीको भागमा पर्ने , कम्पनीले पनि १५.१६ करोड राख्ने भन्ने जस्ता कुरा सार्बजनिक भएका थिए ।

ओलीको बिस्वासपात्र भएका कारण बाँस्कोटाले राजीनामा दिएपनि घटनामा ओलीको पनि संलग्नताबारे अनुसन्धान हुनुपर्ने आवाज उठिरहेको छ ।

वि.सं.२०७६ फागुन ९ शुक्रवार १३:४४ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...