११ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै अर्का एक राजनीतिज्ञको पनि जन्मदिन परेको खुलाशा भएको छ । प्रतिवन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवको पनि आज जन्मदिन परेको छ । यसअघि विप्लवको जन्मदिनको बारे कुनै जानकारी दिईएको थिएन । यस वर्ष भने प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का महासचिव ‘विप्लव’ले सामाजिक सञ्जालमा उनले बधाइ एवं शुभकामना पाइरहेका छन् ।
प्रधानमन्त्री ओली ६९ वर्षमा प्रवेश गरेका छन् भने ५२ वर्षमा प्रवेश गरेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ को जन्म रोल्पाको केवरीस्थित मध्यमवर्गीय परिवारमा २०२४ साल फागुन ११ मा भएको थियो । बाबु चित्रबहादुर चन्द र आमा खुसीमाया घर्तीका कान्छो सन्तान विप्लवका तीन दिदी र दुई दाजु छन् ।

सरकारले विप्लव नेतृत्वको दललाई विप्लव समूह भन्दै प्रतिवन्धित गरेपछि उनी पछिल्लो समय भूमिगत रहेका छन् ।
यस्तै प्रधानमन्त्री ओलीले आज ६९ औं जन्मदिन मनाइरहेका छन् । ओलीले विहान बालुवाटारमा जन्मदिन मनाएका छन् भने उनी आजै आफ्नो जन्मथलो तेह्रथुम आठराई जाँदैछन् ।

वि.सं.२०७६ फागुन ११ आइतवार १४:५१ मा प्रकाशित






























