back
CTIZAN AD

सवारी दुर्घटनामा परी चार जनाको मृत्यु

वि.सं.२०७६ फागुन ११ आइतवार

822 

shares

११ फागुन, काठमाडौं । काठमाडौं, तनहुँ, बाँके र धादिङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका- १६ बालाजुस्थित सडकमा बा.२ ज १४३० नम्बरको ट्याक्सी र बा.७८ प १४० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक नुवाकोट ३५ किलो घर भएका २२ वर्षीय निखिल तामाङको मृत्यु भएको छ ।

दुर्घटना गम्भीर घाइते भएका निखिलको वीर अस्पताल ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटना घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ घर भएका २२ वर्षीय रुपेश तामाङको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन र ट्याक्सी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तनहुँ, ब्यास नगरपालिका –१२ कमलबारीस्थित सडकमा ग.१ ख ९६१८ नम्बरको बसले शनिबार दिउँसो ठक्कर दिंदा गम्भीर घाइते भएकी सोही नगरपालिका देउराली खानीगैरा बस्ने पैदलयात्री ५० वर्षीया बिष्णुमाया थापा घर्तिको उपचारको क्रममा जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँके, नेपालगंज उपमहानगरपालिका –११ स्थित पासाङल्हामु सडकमा लु.३ त ५४३२ नम्बरको ट्याक्टरले शनिबार दिउँसो ठक्कर दिंदा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ९० वर्षीय पैदलयात्री साबिर जसगडको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धादिङ, बेनिघाट रोराङ गाउँपालिका- ९ ज्यामिरेघाटस्थित सडकमा ना.५ ख ३७७७ नम्बरको ट्रक अनियन्त्रित भई त्रिशुली नदी किनारमा खस्दा ट्रक चालक मकवानपुर भैसे बस्ने ४५ वर्षीय बिखे थोकरको मृत्यु भएको भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका थोकरको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

वि.सं.२०७६ फागुन ११ आइतवार १४:४८ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...