back
CTIZAN AD

त्रिविमा अनुगमन निर्देशनालयको सुझावविपरीत करार शिक्षक थप्ने तयारी

वि.सं.२०७६ फागुन १३ मंगलवार

735 

shares

१३ फागुन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अनुगमन निर्देशनालयको सुझावविपरीत करार शिक्षक थप्ने तयारी गरेको छ। राजनीतिक आस्था र भागबन्डाको आधारमा कार्यरत आंशिक शिक्षकलाई करारमा नियुक्ति गर्न लागिएको समाचार कान्तिपुर दैनिकमा छ ।

त्रिवि अनुमगन निर्देशनालयले आंगिक क्याम्पसहरुमा अवस्था, त्यहाँ कार्यरत शिक्षक र विद्यार्थीको अनुपात अनुगमन गरी शिक्षक सुरुवा तथा सिफ्ट समायोजन गर्न कार्यकारी परिषदलाई सिफारिस गरिसकेको छ । लामो समयदेखि आन्दोलनरत आंशिक शिक्षकले दाङ, नेपालगञ्ज, पोखरा, बुटवललगायतका आंगिक क्याम्पसहरुमा तालाबन्दी गर्दै आएका छन्।शिक्षकको आन्दोलनपछि त्रिविले कार्यकारी परिषदले आंशिक शिक्षक सम्बन्धमा अध्ययन कार्यदल गठन गरेको छ ।

निर्देशनालयको सुझावलाई बेवास्ता गर्दै कार्यकारी परिषद्ले प्राध्यापक विनोद पराजुलीको संयोजकत्वमा कार्यदल बनाएको हो ।निर्देशनालयको अनुगमनले ठूला क्याम्पसले बिहान, दिवा र साँझको सत्र (सिफ्ट) मा पठनपाठनको व्यवस्था गरेको पाएको जनाइएको छ ।

कतिपय क्याम्पसमा साँझको सत्रमा विद्यार्थी संख्या शून्यप्रायः हुने र बिहानी सत्रमा बढी चाप देखिएको छ । तर विद्यार्थी शून्यप्राय हुने कक्षाका शिक्षकले हाजिरमात्र गरेर तलब बुझ्ने गरेका छन् । त्यस्ता क्याम्पसमा सिफ्ट मर्ज (समायोजन) गर्न तथा शिक्षकलाई केन्द्रमा सरुवा गरी काम दिन भनिएको छ ।

वि.सं.२०७६ फागुन १३ मंगलवार १०:३९ मा प्रकाशित

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न

काठमाडौँ । अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालसँगको विस्तारित कर्जा...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य

एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य

काठमाडौँ । एसियन गेम्स पुरुष क्रिकेट छनोटअन्तगर्तको आज भइरहेको खेलमा...

प्रतिनिधिसभाको बैठक : मङ्गलबारसम्मका लागि स्थगन

प्रतिनिधिसभाको बैठक : मङ्गलबारसम्मका लागि स्थगन

काठमाडौँ । प्रतिनिधिसभाको बैठक यही जेठ २६ गतेसम्मका लागि स्थगित...

रास्वपा बागमती प्रदेशको अधिवेशन हेटौँडामा

रास्वपा बागमती प्रदेशको अधिवेशन हेटौँडामा

बागमती । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको मकवानपुरको हेटौँडामा...