
काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका नायक आयुष्मान देशराज जोशी यतिबेला पोखरामा आफ्नो ब्याचलर पार्टी मनाउँदै छन् । उनी यही फागुन १५ गते अभिनेत्री प्रियंका कार्कीसँग बैवाहिक बन्धनमा बाधिँने भएका हुन् ।
केहि समय अगाडि प्रियंका आफ्ना नजिकका साथीसँग ब्याचलर पार्टी मनाउन थाइल्यान्ड पुगेकी थिइन् । उनले थाइल्यान्डमा ब्याचलर पार्टी मनाइरहेका केहि तस्बिरहरु भाइरल भएका थिए । त्यसैगरि, यतिबेला आयुष्मान आफ्ना साथीसँग ब्याचलर पार्टी मनाउँदै गरेका केहि तस्बिरहरु सामाजिक सञ्जाल इन्स्टाग्राममा सार्वजनिक गरेका छन् ।
उनले, प्रिंयकालाई च्यालेन्ज गर्दै केहि तस्बिरहरु ‘रिक्रियट’ गरेका छन् । आयुष्मान र उनका साथीहरुले प्रियंका र उनका साथीहरुले जे गरेका थिए त्यही हुबहु नक्कल गरेका छन् । उक्त तस्बिरहरु निकै रमाइला देखिन्छन् । पियंकाले उनीहरुले आफ्नो तस्बिरको नक्कल गरेको तस्बिर इन्स्टाग्राममा पोष्ट गर्दै निशब्द भएको बताएकी छन् ।
प्रियंका र आयुष्मानले इन्गेजमेन्ट भएको करिब दुई वर्ष पछि विवाह बन्धनमा बाँधिन लागेका हुन् । उनीहरुले विवाहपछि छुट्टै बस्नको लागि भैसेपाटीमा घर समेत किनिसकेका छन् ।
वि.सं.२०७६ फागुन १३ मंगलवार ११:०३ मा प्रकाशित