back
CTIZAN AD

पोखरामा ब्याचलर पार्टी मनाउँदै आयुष्मान, प्रियंकाको नक्कल गर्दै खिचाए यस्ता तस्बिर

वि.सं.२०७६ फागुन १३ मंगलवार

1.1K 

shares

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका नायक आयुष्मान देशराज जोशी यतिबेला पोखरामा आफ्नो ब्याचलर पार्टी मनाउँदै छन् । उनी यही फागुन १५ गते अभिनेत्री प्रियंका कार्कीसँग बैवाहिक बन्धनमा बाधिँने भएका हुन् ।

केहि समय अगाडि प्रियंका आफ्ना नजिकका साथीसँग ब्याचलर पार्टी मनाउन थाइल्यान्ड पुगेकी थिइन् । उनले थाइल्यान्डमा ब्याचलर पार्टी मनाइरहेका केहि तस्बिरहरु भाइरल भएका थिए । त्यसैगरि, यतिबेला आयुष्मान आफ्ना साथीसँग ब्याचलर पार्टी मनाउँदै गरेका केहि तस्बिरहरु सामाजिक सञ्जाल इन्स्टाग्राममा सार्वजनिक गरेका छन् ।

उनले, प्रिंयकालाई च्यालेन्ज गर्दै केहि तस्बिरहरु ‘रिक्रियट’ गरेका छन् । आयुष्मान र उनका साथीहरुले प्रियंका र उनका साथीहरुले जे गरेका थिए त्यही हुबहु नक्कल गरेका छन् । उक्त तस्बिरहरु निकै रमाइला देखिन्छन् । पियंकाले उनीहरुले आफ्नो तस्बिरको नक्कल गरेको तस्बिर इन्स्टाग्राममा पोष्ट गर्दै निशब्द भएको बताएकी छन् ।

प्रियंका र आयुष्मानले इन्गेजमेन्ट भएको करिब दुई वर्ष पछि विवाह बन्धनमा बाँधिन लागेका हुन् । उनीहरुले विवाहपछि छुट्टै बस्नको लागि भैसेपाटीमा घर समेत किनिसकेका छन् ।

वि.सं.२०७६ फागुन १३ मंगलवार ११:०३ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...