back
CTIZAN AD

प्रि-मनसुन मौसमको प्रभाव, मौसम सुधार हुन अझै केही दिन लाग्ने

वि.सं.२०७६ फागुन १३ मंगलवार

603 

shares

१३ फागुन , काठमाडौँ । पश्चिमी न्यून चापीय वायुको प्रभाव अझै दुई-तीन पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रकृति कमजोर रहे पनि तल्लो वायुमण्डलमा स्थानीय वायुको प्रभाव रहेकाले बदलीसँगै हल्का वर्षा भइरहेको छ यो प्रक्रिया अझै दुई–तीन दिन सम्म रहने हुँदा मौसम सुधार हुने अवस्था नभएको महाशाखाले जनाएको छ ।

प्रि–मनसुनको मौसमको पूर्वावस्था भएकाले पनि यस्तो गतिविधि तथा मौसम फेरबदल भइरहेको हो । नेपालमा प्रि–मनसुन भित्रिने सरदर समय मार्च १ हो । यसलाई हेर्दा अब प्रि–मनसुन प्रवेश गर्न सात–आठ दिन बाँकी छ । अङ्ग्रेजी महिना मार्चदेखि शुरु हुने प्रि–मनसुन मे महिनासम्म रहने गर्छ । त्यस अवधिमा पहाडी भेगमा दिनभर घाम लाग्ने र अपराह्न तथा साँझपख हावाहुरी, मेघ गर्जन चट्याङसहित फाटफुट वर्षा हुने गर्दछ ।

हाल न्यून चापीय प्रणालीको प्रभावले पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ भने बाँकी स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

राति देशको मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी तथा मध्य भेगका केही स्थान र पश्चिमका एक वा दुई स्थानमा मेघ गर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोलि देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघ गर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको बताइएको छ । बिहीबार देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली भई हल्का वर्षाको सम्भावना रहेको जनाएको छ

वि.सं.२०७६ फागुन १३ मंगलवार ११:०४ मा प्रकाशित

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

काठमाडौँ । नेपालको प्रतिष्ठित औद्योगिक घराना लिटमस इन्डस्ट्रिज लिमिटेडले नेपाल...

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

महेन्द्रनगर (धनुषा) । धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा आगामी असारको पहिलो...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न

काठमाडौँ । अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालसँगको विस्तारित कर्जा...