back
CTIZAN AD

झापाका दुई स्थानीय तहमा मकैजोन कार्यक्रम

वि.सं.२०७६ फागुन १३ मंगलवार

702 

shares

१३ फागुन, झापा । झापा गाउँपालिका र कनकाई नगरपालिकामा मकैजोन कार्यक्रम लागू भएपछि यहाँका कृषक मकैखेतीतर्फ आकर्षित भएका छन् । झापा गाउँपालिकाको वडा नं ६ र कनकाई नगरपालिका–५ मा गरी ५०० हेक्टर क्षेत्रफलमा मकैजोन कार्यक्रम सञ्चालन गरिएसँगै यहाँका कृषक मकैखेतीतर्फ आकर्षित भएका हुन् ।

धानपछि झापामा धेरै क्षेत्रफलमा मकैखेती हुने गरेको छ । अझ सरकारले झापामा मकैजोन कार्यक्रम सञ्चालन गरेपछि मकैखेतीका लागि यहाँका कृषक थप उत्साहित बनेका छन् । उत्पादनका लागि उर्वरभूमि मानिने झापा गाउँपालिका र कनकाई नगरपालिकामा मात्रै मकैजोन सञ्चालनका लागि चालू वर्ष सङ्घीय सरकारबाट रु एक करोड २४ लाख ६५ हजार बजेट विनियोजन भएको झापा जिल्ला जोन परियोजना कार्यान्वयन एकाइका प्रमुख रवीन्द्र सुवेदीले जानकारी दिए ।

झापामा प्रत्येक वर्ष दुई लाख आठ हजार मेट्रिक टन मकै उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ । झापामा वसन्ते मकै ३१ हजार हेक्टर, हिउँदे मकै आठ हजार हेक्टर र बर्खे मकै ९०० हेक्टरमा उत्पादन हुँदै आएको केन्द्रले जनाएको छ । उत्पादनका हिसाबले समेत राम्रो हुने भएपछि झापाका अधिकांश कृषक यो समयमा उन्नत जात (हाइब्रिड) मकैखेती गर्दै आएका छन् । झापामा मकैजोन कार्यक्रम लागू भएपछि मकैखेती गर्ने कृषकको सङ्ख्या बढ्दो छ ।

झापा गाउँपालिकाको छ वडामा झण्डै ८० प्रतिशत क्षेत्रफलमा मकैखेती गरिएको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताए । एक बिघा क्षेत्रफलमा यहाँका कृषकले रु एक लाखदेखि एक लाख ५० हजारसम्म मकै बेचेर आम्दानी गर्ने गरेको गाउँपालिका–३ निवासी देवकुमार गणेशले बताए । उनले भने “अन्य बाली (गहुँ, तोरी, फापर, आलस) को तुलनामा मकैखेतीबाट धेरै आम्दानी हुने भएपछि म मात्रै होइन झापाका सबैजसो कृषक अहिले मकैखेती नै गर्छन् ।”

गणेशले पनि उन्नतजातको मकैखेती गरेका छन् । उनले वर्णशङ्कर (हाइब्रिड) मकै लगाएका छन् । विगत वर्षदेखि नै आफूले मकैखेती गर्दै आएको र गाउँपालिकाले अहिले कृषकलाई मकैखेतीका लागि प्रोत्साहन गरेपछि थप उत्साह मिलेको उनको भनाइ छ । सोही स्थानका गणितप्रसाद गणेशले पनि मकैखेती शुरु गरेको आठ\दश वर्ष नै भयो ।

उनले पनि मकैखेतीबाटै मनग्य आम्दानी गर्दै आएका छन् । एक बिघामा १४० मन मकै उत्पादन हुने गरेको गणेशले बताए । उनले अहिले ‘छैसठ्ठी जिरो सात’ प्रजातिको हाइब्रिड (वर्णशङ्कर) मकैखेती गरेका छन् । “स्थानीय प्रजातिको मकैमा भन्दा हाइब्रिड मकैखेतीमा राम्रो आम्दानी हुन्छ”, उनले भने, “एक बिघामा खर्च कटाएर पनि रु एक लाख नाफा हुन्छ ।”

धेरै क्षेत्रफलमा र व्यावसायिक मकैखेती गर्ने कृषकमध्मे पदम सुवेदी पनि एक हुन । उनले अहिले तीन बिघा क्षेत्रफलमा मकैखेती गरिरहेका छन् । उन्नत जातको मकैको बीउ नेपालमा नपाइने र मकैको बीउ खरिदमा धेरै पैसा जाने भएकाले नेपालमै उन्नत जातको मकैको बीउ तयार गरेर कृषकलाई सरकारले उपलब्ध गराउने हो भने मकैखेती गर्ने कृषकले निराश बन्नुपर्ने अवस्था सिर्जना हुने थिएन । अहिले मकैको बीउ खरिदका लागि भारतीय बजारको भर पर्नु परेको उनको भनाइ छ ।

झापा गाउँपालिकाले कृषकका लागि विभिन्न शीर्षकमा बजेट विनियोजन गर्दै मकैखेतीका लागि प्रोत्साहन गरेको छ । यसबाट गाउँपालिकाका कृषकले अहिले तोरी र गहुँखेतीभन्दा धेरै क्षेत्रफलमा मकैखेती गरिरहेको गाउँपालिकाका अध्यक्ष साहले बताए ।रासस

वि.सं.२०७६ फागुन १३ मंगलवार १०:३१ मा प्रकाशित

सिरदली-चौडेनी सडक स्तरोन्नति

सिरदली-चौडेनी सडक स्तरोन्नति

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित सिरदली–चौडेनी सडक स्तरोन्नति गरिएको छ...

रास्वपा ताप्लेजुङमा गुरुङ

रास्वपा ताप्लेजुङमा गुरुङ

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ सभापतिमा राजनकुमार गुरुङ...

हतुवागढी लुङ्गिनका सबै बस्तीमा विद्युत् विस्तार

हतुवागढी लुङ्गिनका सबै बस्तीमा विद्युत् विस्तार

भोजपुर । जिल्लाको हतुवागढी–२ लुङ्गिन क्षेत्रमा केन्द्रीय विद्युत् सेवा विस्तार...

खोक्सिकमा खेलमैदान स्तरोन्नतिका काम सुरु

खोक्सिकमा खेलमैदान स्तरोन्नतिका काम सुरु

भोजपुर । यहाँको रामप्रसाद राई गाउँपालिका–८ खोक्सिकमा रहेको खेलमैदान स्तरोन्नतिका...

सगरमाथा नेपाल र नेपालीको पहिचानः मुख्यमन्त्री कार्की

सगरमाथा नेपाल र नेपालीको पहिचानः मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सगरमाथा केवल हिमाल...

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

गोपालप्रसाद बराल, महोत्तरी । केही दशक पहिलेसम्म महोत्तरीका बस्तीबस्तीका किसान...