back
CTIZAN AD

सेनाको १० प्रतिशत जनशक्ति शान्ति मिसनमा

वि.सं.२०७६ फागुन १५ बिहीवार

771 

shares

१५ फागुन, काठमाडौँ । रक्षा मन्त्रालयले नेपाली सेनाको १० प्रतिशत जनशक्ति संयुक्त राष्ट्रसंघ शान्ति मिसनमा अटाउने तयारी गरेको समाचार राजधानी दैनिकमा छापिएको छ ।

उपप्रधानमन्त्री एवं रक्षा मन्त्री इश्वर पोखरेलले बुधबार मन्त्रालयमा दुई वर्षे कार्यकालको प्रगति सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा संयुक्त राष्ट्रसंघको शान्ति सेनामा १० प्रतिशत सेना खटाउने विषयमा छलफल भइरहेको बताएका हुन ।उनले विदेशी मिसनमा जाँदा नेपाली सेनाले पनि नेतृत्व तहमा जिम्मेवारी पाउने विषयमा समेत राष्ट्रसंघसाग छलफल भइरहेको बताए ।

संयुक्त राष्ट्रसंघ शान्ति सेनामा नेपालबाट ५ हजार १ सय जना सैनिक अधिकृत र जवानहरुको सहभागिता छ । नेपाली सेनालाई शान्ति मिसनमा पठाउादा नेता तथा मन्त्रीका आफन्तले प्राथमिकता पाउने गरेको उल्लेख गर्दै त्यसको अन्त्य गर्नका लागि ‘शान्ति सेना छनौट कार्यविधि’ तयार गरिएको मन्त्री पोखरेलले बताए । सेनाले ऐतिहासिक किल्ला, स्तम्भहरुको रक्षा गर्ने कामको सुरुवातसमेत गरेको भन्दै पोखरेलले बताए ।

दुई वर्षको अवधिमा रक्षा मन्त्रालयले नीतिगत तथा कानुनी सुधारतर्फ उल्लेख्य कामहरु गरेको उनले बताए । राष्ट्रिय सुरक्षा नीति २०७३ लाई परिमार्जन गरी राष्ट्रिय सुरक्षा नीति २०७५ पारित भएको, राष्ट्रिय सुरक्षा विधेयकलाई अगाडी बढाइएको, सैनिक ऐन २०६३ मा रहेका नमिल्दा कुराहरुलाई संशोधनलगायतका नीतिगत सुधारका कामहरु भएको पोखरेलको भनाइ छ ।

वि.सं.२०७६ फागुन १५ बिहीवार १०:३६ मा प्रकाशित

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...