back
CTIZAN AD

केन्द्रीय प्रसारण लाइनको सफल परीक्षण

वि.सं.२०७६ फागुन १५ बिहीवार

738 

shares

१५ फागुन, रुकुम । रुकुम (पूर्व) को सदरमुकाम रुकुमकोटमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको सफल परीक्षण गरिएको छ । रुकुमकोटसम्म केन्द्रीय प्रसारण लाइनको सबै तयारी पुरा भएपछि गरिएको परीक्षण सफल भएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र रुकुम (पूर्व)का प्रमुख युवराज रावतले जानकारी दिए ।

उनका अनुसार रुकुम पश्चिम मुसिकोट नगरपालिका घोरखानीदेखि रुकुम पूर्वको सदरमुकाम रुकुमकोटसम्म ११ केभिएको प्रसारण लाइनको पोल गाडने, तार जोडने, स्टेक राख्ने, ट्रान्सफर्मर जडान गर्नेलगायतका सम्पूर्ण निर्माण कार्य सम्पन्न भएकाले विद्युत्को परीक्षण गरिएको हो ।

नेपाल विद्युत् प्राधिकरणले सिस्ने गाउँपालिका वडा नं ५ र ६ का लागि दुई ठाउँमा ५०\५० केभिएको ट्रान्सफर्मर जडान गरेको छ । प्राधिकरणले वडा नं ५ का लागि कमलदहको मूल गेट नजिकै र वडा नं ६ का लागि ट्राफिक चोक नजिकै ट्रान्सफर्मर जडान गरेको प्रमुख रावतले बताए । उनका अनुसार कमलदहमा राखेको ट्रान्सफर्मरबाट वडा नं ५ को चिउरेनी, कमलदह, बाहुनठाना, चोकबजार, टाकुरालगायतका स्थानमा विद्युत् प्रवाह हुनेछ ।

यसैगरी ट्राफिक चोकमा राखेको ट्रान्सफर्मरबाट छिप्रिदह बजार, बाहुनडेरा, ढकालबारा, पाखागाउँलगायतका स्थानमा विद्युत् प्रवाह हुनेछ । रुकुमकोट उपत्यकाभरि २०४५ सालमा जडान गरेका पोल र तारबाट विद्युत् विस्तार गर्ने गरी काम भइरहेकोे छ भने पोल तार नपुगेका ठाउँमा नयाँ थप्ने काम भइरहेको प्राधिकरणले जनाएको छ ।

विद्युत परीक्षणका क्रममा विद्युतीय दुर्घटना हुनसक्ने भएकाले सचेत रहन सबैमा आग्रह गरिएको छ । अबदेखि घोरखानीदेखि रुकुमकोटसम्म नियमित विद्युत् प्रवाह हुने भएकाले सो क्षेत्रका पोल, तार, स्टेक, ट्रान्सफर्मरलगायत विद्युतीय संरचनामा नजिक नजान, नछुन र आफ्ना बालबालिका तथा पशुचौपायालाई जथाभावी नछोड्न पनि प्राधिकरणले सबैमा आग्रह गरेको छ ।

रुकुमकोटसम्म केन्द्रीय प्रसारण लाइनको विद्युत्को सफल परीक्षण गरिएको भए पनि घरघरमा बत्ती बाल्न भने अझै केही दिन कुर्नुपर्ने देखिएको छ । विद्युत्को सफल परीक्षण गरिएको भए पनि सबै प्रक्रिया अझै नपुगेकाले घरघरमा बत्ती बाल्न अझै केही दिन लाग्ने प्राधिकरणले जनाएको छ । रासस

वि.सं.२०७६ फागुन १५ बिहीवार १०:१४ मा प्रकाशित

कर्णाली प्रदेश अस्पतालको ‘ओपीडी’ भवन निर्माण गरिने

कर्णाली प्रदेश अस्पतालको ‘ओपीडी’ भवन निर्माण गरिने

काक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेश अस्पतालको छुट्टै ओपिडी भवन निर्माण...

अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा

अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा

मुगु । अनुमतिविना यार्सागुम्बा सङ्कलनका लागि गएका २५ जनालाई प्रहरीले...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

महेन्द्रनगर । सुदूरपश्चिम प्रहरीले बितेको नौ महिनाको अवधिमा यहाँ एक...

कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस

कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस

कर्णाली । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशन आह्वानका सिफारिस...

छात्रवृत्तिका लागि अक्षयकोष स्थापनाको सम्झौता

छात्रवृत्तिका लागि अक्षयकोष स्थापनाको सम्झौता

कर्णाली । मध्यपश्चिम विश्वविद्यालय र वीरेन्द्रनगर नगरपालिकाबीच रु दुई करोड...