१५ फागुन, काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ,परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तलपुरले आवेदन फाराम भर्ने सम्बन्धी सूचना प्रकाशित गरेको छ ।
परिषद्ले मौका परीक्षाको आवेदन फाराम भर्नेबारेसूचना प्रकाशित गरेको हो ।
यस परिषद्का आंगिक , सामुदायिक विद्यालय र निजीस्तरमा सञ्चालित डिप्लोमा इन इन्जिनियरिङ, फुड एन्ड डेरी टेक्नोलोजी, Hotel Management र IT कार्यक्रमको तेस्रो वर्ष दोस्रो खण्ड र प्रमाणपत्र तह नर्सिङ, सामान्य चिकित्सा, कृषि, ल्याव टेक्निसियन, रेडियोग्राफी, होमियोप्याथी, डेन्टल साइन्स (डेन्टल हाइजिन ) डिप्लोमा इन फार्मेसी, अप्थाल्मिक साइन्स, सामान्य आयुवेर्दिक चिकित्सा , फरेस्टी तथा अकुपञ्चर कार्यक्रमहरुको प्रथम वर्ष प्रथम खण्ड , दोस्रो वर्ष प्रथम खण्ड र तेस्रो वर्ष प्रथम खण्ड लगायतको आवेदन फाराम भर्नेसम्बन्धी सूचना प्रकाशित गरिएको हो ।

वि.सं.२०७६ फागुन १५ बिहीवार १०:५६ मा प्रकाशित






























