१५ फागुन, काठमाडौँ । दुईदिन लगातार घट्दै आएको सुनको मूल्य आज पुनः बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायीका अनुसार बिहिबार सुनको मूल्य २ सयले बढेको हो ।
बुधबार छापावाला सुन ७९ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज बिहिबार २ सयले बढेर तोलामा ७९ हजार ७ सय रुपैँयामा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनपनि बढेर तोलाको ७९ हजार ४ सय पुगेको छ ।
बजारमा सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने घटेको छ । बुधबार ९ सय ५ रुपैँयामा कारोबार भएको चाँदीको मूल्य आज ५ रुपैँयाले घटेर ९ सय रुपैँयामा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
वि.सं.२०७६ फागुन १५ बिहीवार ११:२३ मा प्रकाशित






























