back
CTIZAN AD

सरकारको उमेर २ वर्ष पुगेपछि राजगद्दी डगमगायो

वि.सं.२०७६ फागुन १५ बिहीवार

798 

shares

राजतन्त्र फिका पारिदिने नयाँ राजतन्त्रको अभ्युदय भएको प्रतीत हुन्छ । राष्ट्रपति विद्या भण्डारी र प्रम ओली जहाँ जहाँ पुग्छन्, त्यहाँ त्यहाँका स्थानीय सरकारहरूले सार्वजनिक विदा घोषणा गर्ने चलन चलेको छ । नेपालमा सुशासन नहुनुमा कारण धेरै छन् ।

नेपालको शासनमा पहिले तपाई कसको छोरा वा भाइ वा सालासाली वा नातेदार हो त्यो हेरिन्छ । त्यसपछि कुन दलको हो हेरिन्छ । त्यसपछि दलभित्र पनि कुन नेताको मान्छे हो त्यो खोजिन्छ । त्यस्ता कुनै सम्बन्ध छैन भने त्यसपछि तपाईले कति पैसा दिनसक्छ त्यो मूल्यांकन गरिन्छ । न विज्ञता, न पेशागत क्षमता, न शिक्षा एवं योग्यता, न अनुभव तथा विगतको उपलब्धिको प्रोफाईल, न संस्कार वा सांस्कृतिक स्वभाव वा सच्चरित्र ब्यक्तिको खोज हुन्छ ।

अनि हामी सरकार र प्रशासनले कामै गरेन, गर्नै सकेन, कामै भएन भन्दै सांसदको टाउकाको संख्या पर्याप्त नपुगेर अस्थिर सरकारहरू बनेकाले यस्तो भएको हो भन्ने पटमुर्ख निस्कर्षमा पुगेर समय बर्बाद गर्दै आएका छौं । नाईटोमा मलम लगाएर टाउको दुखेको ठिक पार्न खोजिरहन्छौं ।

प्रम ओलीको दुईतिहाई सरकार बाहिर बाहिर स्थिर र दह्रो जस्तो देखिनुको एकमात्र कारण संविधानमा २ वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन बन्देज लगाईएकोले मात्र थियो र हो। ओलीको अन्ध कार्यशैली र कसैको साथ लिएर नहिड्ने कार्यनीति देखेरै सरकारको उमेर २ वर्ष पूरा हुनासाथ यहाँ रडाको मच्चिन्छ र राजगद्दी डग्मगाउने छ भन्ने भय बिकसित भईरहेको थियो । त्यो नमिठो आँकलन भए पनि आफ्नो पूर्वआँकलनले मूर्त रूप लिदै गएको देखिदै छ ।

अहिले अरूहरूलाई रामलिलाको तमासा देख्न पाएर रमाईलो लागे पनि अरिंगालहरूमा बज्रपात भइरहेको देखिदै छ । तिनमा दिनको चैन, रातको निद्रा हराम भएकोले र तिनले बिगतमा कसैका लागि लगाएको त्यत्रो समय, धन र श्रमको सत्यानाश भएकोमा कस्तो पिडादायी पश्चाताप महसुस गर्दै होलान् भनेर सम्झदा पनि तिनीहरूप्रति मस्तै सहानुभूति जाग्छ । हेर नानी बाबुहरू हो, के गर्छौं तिमीले मान गरेर के गर्नु ? तिम्रा कथित प्रिय नेताहरूले तिमीहरूलाई बाल गन्दैनन् । यस्तै हो अन्धराजनीतिको परिणाम !
सबै कुरा कर्मको नतिजा हो, यसबाट कोही मुक्त हुदैन ।

उपाध्याय, नेपाल सरकारका पूर्वसचिव हुन्

वि.सं.२०७६ फागुन १५ बिहीवार ११:२३ मा प्रकाशित

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...