back
CTIZAN AD

‘अर्थमन्त्री हटाउन कुनै व्यापारीसँग बैठक गरिएको छैन’

वि.सं.२०७६ फागुन १५ बिहीवार

771 

shares

१५ फागुन, काठमाडौं । नेकपाका अध्यक्ष प्रचण्ड निवासमा व्यापारीसँग बैठक गरेर अर्थमन्त्री हटाउने निर्णय गरिएको भन्ने समाचारको सचिवालयले खण्डन गरेको छ। केही सञ्चार माध्यममा प्रचण्ड निवासमा बैठक बसेर अर्थमन्त्री हटाउने तयारी गरेको समाचार प्रकाशित भएपछि प्रचण्डको सचिवालयले त्यसको खण्डन गरेको हो।

प्रचण्डका प्रमूख स्वकीय सचिव जोखबहादुर महराले खुमलटारमा व्यापारीसँग बैठक बसेको भन्ने समाचारको खण्डन गरे। उनले भने, ‘अध्यक्षले कुनै व्यापारीसँग बैठक गर्नुभएको छैन। खुमलटारमा बैठक बसेर अर्थमन्त्री हटाउने निर्णय भएको समाचार पढ्दा हामी आश्चर्यचकित भएका छौं। खुमलटारमा कोही व्यापारी आएको पनि छैन, अध्यक्षले कसैलाई भेट्नुभएको पनि छैन।’

केही सञ्चार माध्यमले खुमलटारमा प्रचण्डले उपेन्द्र महतो, विनोद चौधरी, अजय सुमार्गी लगायतसँग बैठक गरेको समाचार प्रकाशित गरेका थिए। उक्त बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपाका उपाध्यक्ष वामदेव गौतमसमेत सहभागी भएको समाचारमा उल्लेख गरिएको थियो।

वि.सं.२०७६ फागुन १५ बिहीवार १५:३८ मा प्रकाशित

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा

करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा

काठमाडौँ । करदाता प्रोत्साहन उपहारअन्तर्गत विजेताहरु घोषणा गरिएको छ ।...

मृत अवस्थामा केसी

मृत अवस्थामा केसी

दाङ । स्थानीय राजेन्द्र केसी मोटरसाइकलसहित मृत अवस्थामा फेला परेका...

राष्ट्रियसभा बैठक साउन २७ गते

राष्ट्रियसभा बैठक साउन २७ गते

काठमाडौँ । राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक स्थगन भएको छ...

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

जनकपुरधाम । मधेस प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै...

केन्द्रीय बैंक ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै

केन्द्रीय बैंक ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु ६० अर्ब बराबरको एकमहिने...