
काठमाडौँ । नेपाली सिने जगतकी अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले आज विवाह गरेका छन् ।
लामो समय देखिको प्रेम सम्बन्धलाई यो जोडीले विवाहमा परिणत गरेका हुन् । फागुन १५ गते, बिहिबार अभिनेत्री प्रियंकाको जन्मदिनको अवसर पारेर प्रियंका र आयुष्मानले विवाह गरेका हुन् ।
प्रियंकाले सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत आफ्नो विवाहको तस्बिर सार्वजनिक गरेकी छन् । इन्गेजमेन्ट गरेको लामो समयपछि विवाह गरेका यो जोडीलाई बैवाहिक जीवनको शुभकामना ।
वि.सं.२०७६ फागुन १५ बिहीवार १५:५६ मा प्रकाशित