back
CTIZAN AD

डिजेल र पेट्रोलमा सरकारले बढायो विकास कर, कति पुग्यो प्रतिलिटर ?

वि.सं.२०७६ फागुन १५ बिहीवार

828 

shares

१५ फागुन, काठमाडौं । सरकारले पेट्रोल र डिजेल विकास कर बढाउने निर्णय गरेको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्लेनमा सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा युवराज खतिवडाले फागुन १२ मा बसेको मन्त्रिपरिषद्को बैठकले डिजेल र पेट्रोलमा लगाइँदै आएको प्रतिलिटर ५ रुपैयाँ विकास करलाई बढाएर १० रुपैयाँ बनाएको जानकारी दिए ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा डा खतिवडाले यसबारे जानकारी दिएका हुन्। तत्कालीन मन्त्री गोकुल बाँस्कोटा सेक्युरिटी प्रिन्टिङ प्रेसको कमिसनकाण्डमा मुछिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई नै सञ्चार मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

सरकारले यसअघि गोरखा र धादिङमा बनाउन लागिको जलासययुक्त बूढीगण्डकी जलविद्युत आयोजनाका लागि पेट्रोलियम पदार्थमा विकास कर लगाउने गरेको थियो। त्यसबेला सरकारले प्रतिलिटर ५ रुपैयाँ कर लगाएको थियो।

यो निर्णयसँगै पेट्रोलको मूल्य ११३ पुगेको छ, भने डिजेलको मूल्य प्रतिलिटर १०२ पुग्ने भएको छ ।

वि.सं.२०७६ फागुन १५ बिहीवार १५:५९ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...