back
CTIZAN AD

ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

वि.सं.२०७६ फागुन १५ बिहीवार

684 

shares

१५ फागुन, सिरहा । सिरहाको कर्जन्हा नगरपालिका–४ बस्तीपुरस्थित सडक किनारमा रोकिराखेको ट्रकमा आज मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।

बिग्रिएर सडक किनारमा रोकिराखेको ना३ख ९०२४ नंको ट्रकमा स ८ प ७७१२ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा पछाडि सवार सिरहाको कल्याणपुर नगरपालिका–८ निवासी ४० वर्षीय विपया दासको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते दासलाई तत्कालै उपचारका लागि कर्जन्हास्थित फूलकुमारी महतो ममोरियल अस्पतालमा भर्ना गरिएकामा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

सोही दुर्घटनामा परी मोटरसाइकल चालक सिरहाकै कल्याणपुर नगरपालिका–८ निवासी २७ वर्षीय सोनिया दास घाइते भएको र उनको को फूलकुमारी महतो ममोरियल अस्पतालमा उपचार भइरहेको जनाएको छ ।

वि.सं.२०७६ फागुन १५ बिहीवार १५:३० मा प्रकाशित

पर्वतारोही पुरबहादुर गुरुङको अन्त्येष्टि

पर्वतारोही पुरबहादुर गुरुङको अन्त्येष्टि

काठमाडौँ । पाकिस्तानस्थित ‘ब्रोड पिक’ हिमालमा अस्ताएका पर्वतारोही पुरबहादुर गुरुङ...

प्राथमिक पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डले ल्यायो ‘श्वेतपत्र’, तीन चरणमा सुधार योजना

प्राथमिक पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डले ल्यायो ‘श्वेतपत्र’, तीन चरणमा सुधार योजना

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालको प्राथमिक पूँजी बजारलाई गुणात्मक...

अमेरिकाको भिषाका लागि अन्तर्वार्तामा सत्य बोल्न दूतावासको आग्रह

अमेरिकाको भिषाका लागि अन्तर्वार्तामा सत्य बोल्न दूतावासको आग्रह

काठमाडौं । अमेरिकी भिसा आवेदन तथा अन्तर्वार्ताका क्रममा सोधिएका प्रश्नको...

राजस्व विभागले आज बम्पर उपहार खोल्दै, कसले हात पार्ला त १० लाख ?

राजस्व विभागले आज बम्पर उपहार खोल्दै, कसले हात पार्ला त १० लाख ?

काठमाडौँ । आज (शुक्रबार) आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार...

वर्षाका कारण विभिन्न ठाउँमा सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन अनुरोध

वर्षाका कारण विभिन्न ठाउँमा सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन अनुरोध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा...

अब घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य लिनुपर्ने

अब घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य लिनुपर्ने

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गासम्बन्धी कारोबार गर्न...