back

बर्षात्का कारण आलु, मुगफली र केशोरमा असर परेपछि किसानलाई पिरलो

वि.सं.२०७६ फागुन १५ बिहीवार

489 

shares
GLOBAL IME AD
NTC AD

१५ फागुन, महोत्तरी । पछिल्लो वर्षाले आलु, मुगफली (बदाम) र केशोर (माटोमा फल्ने तराईको मिठो र रसिलो फलविशेष) खेती गर्ने यहाँका किसान हैरानीमा परेका छन् । गत मङ्गलबारको वर्षाले तयार भइसकेको आलु, मुगफली र केशोर लगाइएको जग्गामा माटो गिल्याएपछि किसानको हैरानी बढेको हो ।

खेतबारीमा तयार भएको आलु, मुगफली र केशोर खन्न नपाउँदै परेको पानी खेतबारीमा जम्दा अब माटोमै कुहिने किसानको चिन्ता छ । माटोमुनि फल्ने यी बाली लगाइएको खेतबारी गिलो भएको हुँदा खन्नका लागि माटो सुक्खा हुनुपर्ने हुन्छ । तर, माटो सुक्खा हुने समय पर्खदा आलु, मुगफली र केशोर माटोमै कुहिन सक्ने बर्दिवास नगरपालिका–६ मनहरिपुरका किसान बिन्देश्वर यादवले बताए ।

“तत्काल नगद बनाउन सकिने फसल अब माटोमै कुहिने भयो”, यादवले बिरक्तिँदै भने “गिलो माटो भएको यी बाली लगाइएको खेतबारीमा अहिले खन्ने स्थिति छैन, मुखमा आएको बाली नोक्सान भएको आँखाभरि हेर्नुपरेको छ ।” अहिले आलु, मुगफली, केशोरसहित सखरखण्ड, सुठुनीलगायतका फसल पनि खन्न नपाउँदा किसान खिन्न भएका छन् ।

कतिपय किसानचाहिँ माटो गिलो भएकै कारण खेतबारीमा आलु खन्न थालेका देखिएका छन् । बर्दिवास–७ कै फूलबारीटोलमा हिलाम्य खेतमै आलु खनिरहेका भेटिनुभएका सो बस्तीकै किसान राजकुमार महतोले भने, “सजिलो त छैन नि, देखादेखी माटामै बाली गलाउनुभन्दा हिलोमै भए पनि खन्न थालेका हौँ ।” माटो गिलो भएको खेतबारीमा यी फसल खन्दा जनशक्ति बढी लाग्ने, धुने, पखाल्ने काम बढी झण्झटिलो हुने र खनेको ठाउँमा माटो डल्लो परेर अर्को बाली तत्काल लगाउन नपाइने चिन्ता भने रहेको महतोले बताए ।

जिल्लामा यी फसल नगदे खेतीका रुपमा गरिन्छ । आलु सामान्यतया जिल्लाभरि नै बाक्लै लगाइने गरिए पनि केशोर, मुगफली, सखरखण्ड र सुठुनीजस्ता फसल भने उत्तरी क्षेत्रका बर्दिवास, औरही, गौशाला र भङ्गाहा नगरपालिका क्षेत्रमा लगाइने गरिएको छ । फागुन पहिलो साताभित्र खनिसक्नुपर्ने आलु, मुगफली, केशोर, सखरखण्ड र सुठुनीलगायतका फसल किसानले खन्न नभ्याउँदा अहिले हैरानी बढेको हो ।

जिल्लाका यी चार स्थानीय तहका करिब १०० बिघा जग्गामा आलु खन्न बाँकी रहेको देखिएको छ । यसबाहेक केशोर, मुगफली, सखरखण्ड र सुठुनीसहितका फसल पनि करिब ५० बिघाको खन्न बाँकी रहेका चौनगर कार्यपालिकाका कृषि शाखाले जनाएका छन् । पछिल्लो गत मङ्गलबारको वर्षाले हिउँदे तेलहन, दलहन, लहरे र अन्य तरकारी बाली, पोटाउन लागेको गहुँ र उखुसहितका बालीलाई भने राहत दिएको किसान बताउँछन् ।रासस

वि.सं.२०७६ फागुन १५ बिहीवार १४:५९ मा प्रकाशित

कम्बोडियाबाट दुई नेपालीको उद्धार, यी देशमा रोजगारीका लाग नजान दूतावासको अनुरोध

कम्बोडियाबाट दुई नेपालीको उद्धार, यी देशमा रोजगारीका लाग नजान दूतावासको अनुरोध

काठमाडौँ । लामो समयदेखि कम्बोडियामा अलपत्र भई बसेका दुई नेपाली...

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

काठमाडौँ । स्याङ्जाको फेदीखोला गाउँपालिका स्थित मट्टीखानामा साढे ३८ करोडको...

भूमि सम्बन्धी ऐनको आठौँ संशोधनलाई परिमार्जन गर्ने काँग्रेसको निर्णय

भूमि सम्बन्धी ऐनको आठौँ संशोधनलाई परिमार्जन गर्ने काँग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको शुक्रवार बसेको बैठकले भूमि...

नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : प्रचण्ड

नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : प्रचण्ड

गलकोट (बागलुङ) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष...

सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्रीको निर्देशन

सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्रीको निर्देशन

जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले मधेश प्रदेशअन्तर्गत नेपाल र भारतीय...

परराष्ट्रमन्त्री डा राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र जापान इन्टरनेसनल...