back
CTIZAN AD

बर्षात्का कारण आलु, मुगफली र केशोरमा असर परेपछि किसानलाई पिरलो

वि.सं.२०७६ फागुन १५ बिहीवार

765 

shares

१५ फागुन, महोत्तरी । पछिल्लो वर्षाले आलु, मुगफली (बदाम) र केशोर (माटोमा फल्ने तराईको मिठो र रसिलो फलविशेष) खेती गर्ने यहाँका किसान हैरानीमा परेका छन् । गत मङ्गलबारको वर्षाले तयार भइसकेको आलु, मुगफली र केशोर लगाइएको जग्गामा माटो गिल्याएपछि किसानको हैरानी बढेको हो ।

खेतबारीमा तयार भएको आलु, मुगफली र केशोर खन्न नपाउँदै परेको पानी खेतबारीमा जम्दा अब माटोमै कुहिने किसानको चिन्ता छ । माटोमुनि फल्ने यी बाली लगाइएको खेतबारी गिलो भएको हुँदा खन्नका लागि माटो सुक्खा हुनुपर्ने हुन्छ । तर, माटो सुक्खा हुने समय पर्खदा आलु, मुगफली र केशोर माटोमै कुहिन सक्ने बर्दिवास नगरपालिका–६ मनहरिपुरका किसान बिन्देश्वर यादवले बताए ।

“तत्काल नगद बनाउन सकिने फसल अब माटोमै कुहिने भयो”, यादवले बिरक्तिँदै भने “गिलो माटो भएको यी बाली लगाइएको खेतबारीमा अहिले खन्ने स्थिति छैन, मुखमा आएको बाली नोक्सान भएको आँखाभरि हेर्नुपरेको छ ।” अहिले आलु, मुगफली, केशोरसहित सखरखण्ड, सुठुनीलगायतका फसल पनि खन्न नपाउँदा किसान खिन्न भएका छन् ।

कतिपय किसानचाहिँ माटो गिलो भएकै कारण खेतबारीमा आलु खन्न थालेका देखिएका छन् । बर्दिवास–७ कै फूलबारीटोलमा हिलाम्य खेतमै आलु खनिरहेका भेटिनुभएका सो बस्तीकै किसान राजकुमार महतोले भने, “सजिलो त छैन नि, देखादेखी माटामै बाली गलाउनुभन्दा हिलोमै भए पनि खन्न थालेका हौँ ।” माटो गिलो भएको खेतबारीमा यी फसल खन्दा जनशक्ति बढी लाग्ने, धुने, पखाल्ने काम बढी झण्झटिलो हुने र खनेको ठाउँमा माटो डल्लो परेर अर्को बाली तत्काल लगाउन नपाइने चिन्ता भने रहेको महतोले बताए ।

जिल्लामा यी फसल नगदे खेतीका रुपमा गरिन्छ । आलु सामान्यतया जिल्लाभरि नै बाक्लै लगाइने गरिए पनि केशोर, मुगफली, सखरखण्ड र सुठुनीजस्ता फसल भने उत्तरी क्षेत्रका बर्दिवास, औरही, गौशाला र भङ्गाहा नगरपालिका क्षेत्रमा लगाइने गरिएको छ । फागुन पहिलो साताभित्र खनिसक्नुपर्ने आलु, मुगफली, केशोर, सखरखण्ड र सुठुनीलगायतका फसल किसानले खन्न नभ्याउँदा अहिले हैरानी बढेको हो ।

जिल्लाका यी चार स्थानीय तहका करिब १०० बिघा जग्गामा आलु खन्न बाँकी रहेको देखिएको छ । यसबाहेक केशोर, मुगफली, सखरखण्ड र सुठुनीसहितका फसल पनि करिब ५० बिघाको खन्न बाँकी रहेका चौनगर कार्यपालिकाका कृषि शाखाले जनाएका छन् । पछिल्लो गत मङ्गलबारको वर्षाले हिउँदे तेलहन, दलहन, लहरे र अन्य तरकारी बाली, पोटाउन लागेको गहुँ र उखुसहितका बालीलाई भने राहत दिएको किसान बताउँछन् ।रासस

वि.सं.२०७६ फागुन १५ बिहीवार १४:५९ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...