back
CTIZAN AD

मालेका महासचिव मैनालीको दुर्घटना नियोजित ! मालेले गर्यो छानविनको माग

वि.सं.२०७६ फागुन १६ शुक्रवार

780 

shares

१६ फागुन, काठमाण्डौं । नेकपा (माले)ले पार्टीका महासचिव .सी.पी.मैनालीसहित उनको परिवारलाई नियोजित रुपमा दुर्घटना गराइएको ठहर गर्दै सरकारसँग छानविनको माग गरेको छ ।

विहिबार (फागुन १५ गते) झापाबाट काठमाण्डौं आउने क्रममा महोत्तरीको रातोनदीनजिकै परिवारसहित दुर्घटनामा परेका महासचिव मैनालीको अस्वभाविक सडक दुर्घटना भएको र उक्त दुर्घटना नियोजित भएको मालेले ठहर गरेको छ ।

पार्टीका प्रवक्ता कुमार बेलबासेले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘आज मिती २०७६ फागुन १६ गते नेकपा (माले) को स्थायी कमिटीको बैठक पार्टी केन्द्रीय कार्यालय रातोपुलमा सम्पन्न भएको छ । बैठकले गरेका केही निर्णयहरुलाई सार्वजनिक गर्न यो प्रेस–बिज्ञप्ति जारी गरिएको छ ।

१. बैठकले यही फागुन १५ गते गृह जिल्ला झापाबाट काठमाडौं आउने व्रmममा महोत्तरी जिल्लाको रातोनदी नजिक अस्वभाविक ढंगले भएको सडक दुर्घटना परी घाइते हुनु भएका पार्टी महासचिव क.सी.पी.मैनाली सहित परिवारका अन्य सदस्य र गाडी चालकको शीघ्र स्वास्थलाभको कामना गरेको छ ।

२. बैठकले पार्टी महासचिव क.सी.पी.मैनाली सवार कार दुर्घटना अस्वभाविक तथा नियोजित ठहर गर्दै उक्त दुर्घटनाबारे जनस्तरबाटै जानकारी हाँसिल गरी दुर्घटनाको छानविन गरी तथ्यको आधारमा सत्य पत्ता लगाइ १५ दिनभित्र पार्टी केन्द्रलाई प्रतिवेदन दिने गरी स्थायी कमिटी सदस्य क.दीननाथ घिमिरेको संयोजकत्वमा ‘दुर्घटना छानविन कार्यदल’को गठन गरिएको छ । उक्त कार्यदलको अन्य सदस्यहरुमा वैकल्पिक पोलिटव्युरो सदस्य क.परशुराम लामिछाने र केन्द्रीय सदस्य क.शंकर पोखरेल रहनु भएको छ ।
३. बैठकले सी.आई.वी.मार्फत् दुर्घटनाको सत्यतथ्य छानविन गरोस् भनी सरकारसँग माग गर्ने निर्णय गरेको छ ।

४. स्थायी कमिटीको बैठकले यही फागुन २० र २१ गते पोलिटव्युरोको विस्तारित बैठक आयोजना गर्ने निर्णय गरेको छ ।’

२०७६ फागुन, १६ गते, काठमाण्डौ ।
कुमार बेलबासे
प्रवक्ता
नेकपा (माले)

वि.सं.२०७६ फागुन १६ शुक्रवार १८:४७ मा प्रकाशित

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

रसुवा । जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनैपूर्णिमाका दिन...

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

बागलुङ । निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक...

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको...

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको...

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

भद्रपुर (झापा) । झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब...