back
CTIZAN AD

पाटा नेपालका सिइओलाई ‘पाटा फेस अफ द एयर’ अवार्ड

वि.सं.२०७६ फागुन २२ बिहीवार

924 

shares

२२ फागुन, काठमाडौँ । प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा)अन्तर्राष्ट्रियद्वारा प्रदान गरिने ‘पाटा फेस अफ द एयर २०२०’ अवार्ड पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेशसिंह बुडाललाई प्रदान गरिने भएको छ ।

प्रशान्त एशिया क्षेत्रमा आबद्ध युवा पर्यटन व्यक्तित्वलाई प्रदान गरिने सबैभन्दा प्रतिष्ठित उक्त अवार्डबाट प्रमुख कार्यकारी अधिकृत बुडाललाई सम्मानित गर्ने घोषणा गरिएको पाटा नेपालले विज्ञप्तिमार्फत जनाएको हो ।

पाटा अन्तर्राष्ट्रियका प्रमुख कार्यकारी अधिकृत मारियो हार्डीले उक्त अवार्ड विजेताका रुपमा बुडाललाई बधाई ज्ञापन गर्दै नेपाली पर्यटन क्षेत्रमा पाटाको उद्देश्य र भावनाअनुरुप दिगो पर्यटन विकास र प्रवद्र्धनमा प्रशंसनीय काम गरेको बताए ।

उनले पर्यटन शिक्षणमा समेत आबद्ध रहेका बुडाललाई मानव जनशक्ति विकास र युवा पुस्ताको सशक्तिकरणको महत्वबारे राम्रो बुझाई भएको र पाटाको दक्ष जनशक्ति निर्माण अभियानअन्तर्गत नेपालमा विविध कार्यक्रम आयोजना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै यस अवार्डले थप हौसला र अवसर सिर्जना गर्ने बताए ।

यस अवसरमा बुडालले पाटा फेश अफ द इयर जस्तो प्रतिष्ठित अवार्ड प्राप्त गर्नु आफ्ना लागि गौरव र सम्मानको विषय भएको बताउँदै यसले सदैव हौसला र सहयोग प्रदान गर्ने सबैमा कृतज्ञता ज्ञापन गरे । उनले पाटा अन्तर्राष्ट्रिय, राष्ट्रिय, क्षेत्रीय एवं स्थानीय तहमा आबद्ध सरोकारवालालाई समावेश गरी महत्वपूर्ण सहभागिता एवं वकालतमार्फत दिगो पर्यटन विकासका लागि कटिबद्ध एक अद्वितीय संस्था भएको बताए ।

पाटा नेपालका सिइओ बुडाल नेपाली पर्यटन क्षेत्रको दिगो विकासका लागि सक्रिय तथा नेतृत्वदायी आकाङ्क्षा भएका युवा पर्यटन व्यक्तित्व हुन् । पर्यटन व्यवस्थापनमा विषयमा स्नातकोत्तर गरेका बुडाल सन् २०१३ देखि पाटा नेपालमा आबद्ध छन् ।

वि.सं.२०७६ फागुन २२ बिहीवार ०८:१४ मा प्रकाशित

राष्ट्रियसभा बैठक साउन २७ गते

राष्ट्रियसभा बैठक साउन २७ गते

काठमाडौँ । राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक स्थगन भएको छ...

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

जनकपुरधाम । मधेस प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै...

केन्द्रीय बैंक ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै

केन्द्रीय बैंक ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु ६० अर्ब बराबरको एकमहिने...

पर्वतारोही पुरबहादुर गुरुङको अन्त्येष्टि

पर्वतारोही पुरबहादुर गुरुङको अन्त्येष्टि

काठमाडौँ । पाकिस्तानस्थित ‘ब्रोड पिक’ हिमालमा अस्ताएका पर्वतारोही पुरबहादुर गुरुङ...

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...