back
CTIZAN AD

ओमान पुगेको सांसद र अधिकारकर्मीको टोलीले सुन्यो ओमानका नेपाली श्रमिकका समस्या

वि.सं.२०७६ फागुन २३ शुक्रवार

747 

shares

२३ फागुन, ओमान । मध्यपूर्वका देशमा कार्यरत श्रमिकहरुको समस्या बुझ्नका लागि ओमान, साउदी अरब, युएईलगायतका देशमा पुगेको सासंद तथा मानबअधिकारकर्मीको टोलीले त्यहाँ कार्यरत श्रमिकका समस्याका बारेमा अन्तरक्रिया कार्यक्रम तथा उनीहरुको समस्याका बारेमा चाल्नुपर्ने कदमका बारेमा स्थलगत अनुगमन गरेको छ ।

फागुन १७ देखि २८ गते सम्म खाडीका विभिन्न राष्ट्रमा अनुगमन गरेको उक्त टोलीले १७–१८ र १९ फागुनमा ओमान सरकारका सरोकारवाला क्षेत्र र नेपाली श्रमिकसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमल प्रसाद श्रीवास्तवको नेतृत्वमा ओमान पुगेको उक्त टोलीले ओमानको शुरा काउन्सिल (प्रतिनिधिसभा) का अध्यक्ष खालिद विन हिलाल अल मावली र स्टेट काउन्सिल (राष्ट्रियसभा) का अध्यक्ष याह्या विन महफौद अल मन्थरीसँग बेग्ला–बेग्लै द्विपक्षीय भेटघाट गरेको छ ।

उक्त भेटघाटमा संसदको संरचना, संसदीय व्यवस्था, प्रतिनिधित्व तथा संसदमा मौजुद समितिहरूबारे छलफल भएको थियो भने दुवै सदनको गरिमा, भूमिका तथा कानुन बन्ने प्रक्रियाबारे पनि छलफल भएको बताइएको छ ।

दुवै सदनका अध्यक्षहरूले यसरी दुवै सदनका बारेमा जानकारी आदान–प्रदान गर्दा एक अर्काका राम्रा प्रयासहरू सिक्ने अवसर मिल्ने हुनाले भ्रमणको उच्च महत्व रहेको दर्शाउँदै ओमानको संसदको तर्फबाट धन्यवाद ज्ञापन गरिएको थियो भने सभापति श्रीवास्तवले अध्यक्षद्वयलाई अनुकुल समय पारेर नेपालको भ्रमण गर्न संघीय संसद प्रतिनिधिसभाका सभामुख तथा राष्ट्रियसभा अध्यक्षको सन्देश सुनाएका थिए ।

त्यसैगरी उक्त टोलीले ओमानको परराष्ट्र मन्त्रालयका सचिव महामहिम शेख खालिफा विन अलि अल हार्थी र परराष्ट्र मन्त्रालयका अन्य उच्च–पदस्थ पदाधिकारीहरू तथा जनशक्ति मन्त्रालयका सचिव हमाद विन खामिस विन अब्दुल्लाह अल आम्रीलाई बेग्ला–बेग्लै द्विपक्षीय भेटघाट गरेका थिए । उक्त अवसरमा सांसदहरुले ओमानको श्रमसम्बन्धी विद्यमान कानुनी व्यवस्था, नेपाली कामदारहरूको बारेमा सरकारको बुझाई तथा कामदारको हकहितका सम्बन्धमा जिज्ञासा राखेका थिए ।

यसरी सुनाए श्रमिकले समस्या
यसैबीच ओमान भ्रमणको दोश्रो दिन सांसद तथा अधिकारर्मीहरुले ओमानमा रहेका नेपाली श्रमिकहरुको समस्या सुनेका छन् ।
फागुन १७ मा दूतावासको आयोजनामा सम्पन्न ‘ओमानमा रहेका घरेलु तथा अन्य नेपाली कामदारहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम’ मा ओमानमा कार्यरत नेपालीहरुले आफ्ना समस्या सुनाएका हुन् । कार्यक्रममा घरेलु कामदारको विषयमा सांसदहरुले विभिन्न जिज्ञासाहरूसमेत राखेका थिए ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमल प्रसाद श्रीवास्तव तथा सदस्यहरु सांसद भिमसेनदास प्रधान, गोपाल बहादुर बम, दुर्गा कुमारी विश्वकर्मा, प्रमोद शाह,सूर्यनारायण यादव ‘सूरज’,उपसचिव शिवदत्त बराल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव केशवराज सुवेदी राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठक र अधिकृत रविलाल नेपालीकोउपस्थिति रहेको थियो ।

दूतावासद्धारा आयोजित उक्त कार्यक्रमका अवसरमा नेपाली दूतावास ओमानकी राजदूत शर्मिला पराजुली ढकाल र ढकालका श्रीमान बिमल ढकाल तथा दूतावासका अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो । दूतावासकी श्रम सहचारी कृष्णा कुमारी गौलीले नेपाली श्रमिक तथा घरेलु कामदार सम्बन्धी आधिकारिक तथ्यांक सहितको प्रस्तुति दिएकी थिइन् ।

सोहि अवसरमा दूतावासको सेल्टरमा बसेका दिदि बहिनीहरूसँग पनि अन्तरक्रिया गरिएको थियो । सोही दिन सांसदहरुले ओमानको मानवअधिकार आयोगका अध्यक्ष शेख अब्दुल्लाह विन शुवैन अल होस्नीसँग भेटवार्ता गरी श्रमिकहरूको मानव अधिकारको सम्बन्धमा ओमान सरकार तथा ओमान मानव अधिकार आयोगले गर्ने गरेका कार्यहरूको बारेमा जानकारी लिनुका साथै नेपालको राष्ट्रिय मानव अधिकार आयोगको काम कारवाही तथा प्रयासहरूबारे जानकारी आदान–प्रदान गरेका थिए ।

उक्त अवसरमा मानब अधिकार आयोगका आयुक्त सुदीप पाठकले आयोगले अन्तराष्ट्रिय मानव अधिकार आयोग तथा विभिन्न देशका मानव अधिकार आयोगसँग गरेको सहकार्यको बारेमा जानकारी दिँदै ओमानको मानबअधिकार आयोगसँग पनि सहकार्य गदैै जाने बताएका थिए ।

सोहि अवसरमा उक्त टोलीले नेपालीहरू कार्यरत कम्पनी, अल–नाबाको भ्रमण गरेर त्यहाँ काम गर्ने नेपालीको बस्तुस्थितिको बारेमा जानकारी समेत लिएको पनि दूतावासले जनाएको छ ।

वि.सं.२०७६ फागुन २३ शुक्रवार १४:३८ मा प्रकाशित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...