back
CTIZAN AD

पश्चिमी वायुको प्रभाव- मेघ गर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

वि.सं.२०७६ फागुन २३ शुक्रवार

777 

shares

२३ फागुन, काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज अपरान्हपछि देशभर आंशिकदेखि सामान्य बदली रही देशको धेरै जसो स्थानमा मेघ गर्जन चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्थानीय वायुको प्रभावसँगै पश्चिमी वायु र जलवायुक्त हावाको प्रभाव रहेकाले देशैभर मेघ गर्जन चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । “मध्यन्नबाट देशैभरि बदली भई हावाहुरी, मेघ गर्जन, चट्याङ र असिनासहित वर्षा हुनेछ”, । लगातर ठूलो वर्षा नभई क्षणिक वर्षा हुने बताइएको छ । वर्षा छोटो समय हुनेछ उपत्यकाका पनि दिउँसो बदली भई वर्षा हुने औँल्याएको छ ।

उक्त प्रणालीको प्रभाव पश्चिमी भेगमा बढी पर्ने जनाएको छ । हाल देशको मध्य तथा पूर्वी भूभागलगायत पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ ।

शनिबार देशभर सामान्य बदली रही देशको धेरैजसो स्थानमा हावाहुरी मेघ गर्जन चट्याङ र असिनासहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार देशको पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको एक–दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको बताइएको छ ।

त्यस्तै मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाको लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका केही स्थानमा मेघ गर्जन चट्याङ हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको र यसका साथै उच्च पहाडी र तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

वि.सं.२०७६ फागुन २३ शुक्रवार १४:४१ मा प्रकाशित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...