back
CTIZAN AD

सवारी दुर्घटनामा ३ जनाको ज्यान गयो

वि.सं.२०७६ फागुन २७ मंगलवार

702 

shares

२७ फागुन , काठमाडौं । विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ३ जनाको ज्यान गएको छ ।

सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका- २ स्थित सडकमा को.१२ प ४२० नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ६० बर्षीय झबर मेहताको सोमाबर बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी सुनसरी, ईनरूवा नगरपालिका –६ घोपाली टोलस्थित सडकमा हाल नम्बर नखुलेको गाडीको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरूषको सोमाबर मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

दैलेख, चामुण्डा बिन्द्रासैनी नगरपालिका –८ खारास्थित सडकमा लु।४ त ४३२४ नम्बरको ट्याक्टर सोमबार बेलुका दुर्घटना हुँदा सोही ठाउँ बस्ने १२ वर्षीय ध्रुब बुढाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो । ध्रुव र सोही ठाउँ बस्ने ११ वर्षीय महेश बुढाले रोकिराखेको उक्त ट्याक्टरको गेयर चलाउँदा ट्याक्टर अचानक अगाडि बढ्न गई दुर्घटना भएको हो ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

वि.सं.२०७६ फागुन २७ मंगलवार १३:२८ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...