back
CTIZAN AD

कतार जाने नेपालीका लागि श्रम स्वीकृति बन्द, अन्तिम स्वीकृति लिएका ३ हजार बढी प्रभावित

वि.सं.२०७६ फागुन २७ मंगलवार

795 

shares

२७ फागुन, काठमाण्डौं । बैदेशिक रोजगार विभागले कतारका लागि श्रम स्वीकृति दिन बन्द गरेको छ ।

विभागले आजैदेखि लागूहुने गरी कतारमा रोजगारीका लागि जाने नेपाली कामदारको श्रम स्वीकृति बन्द भएको जानकारी दिएको छ ।

विभागका महानिर्देशक कुमा प्रसाद दाहालले कतारस्थित नोपली दूतावासले नै आधिकारीक रुपमा पत्र पठाएपछि श्रम स्वीकृति रोकिएको बताएका छन् ।

महानिर्देशक दाहालका अनुसार यो महिनामा मात्रै कतारमा कार्यरत ३५ सयदेखि ४ हजार नेपाली कामदारले श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा उल्लेख छ ।

‘अर्को सूचना जारी नभएसम्मका लागि श्रम स्वीकृति रोकेका छौं । दूतावासले आधिकारीक पत्र नै पठाएको छ ।’ संसारन्युजसँग दाहालले भने ।

स्मरण रहोस्, कोरोना भाइरस संक्रमणलाई रोक्न सोमबार मात्रै कतारले नेपाल लगायतका १४ देशका नागरिकलाइ केही समयका लागि आफ्नो देशमा जान रोक लगाएको छ ।

कतारमा सोमबारसम्म कोरोना भाइरसका १५ संक्रमित भेटिएका छन् । भाइरस संक्रमण नियन्त्रण गर्नका लागि कतारले सबैप्रकारका तयारी गरेको समेत त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै नेपाली दूतावास कतारले कतारका कार्यरत नेपालीलाई सर्तक गारउँदै पनि भिडभाडमा नजान, भौतिक सम्पर्क नगर्न तथा टेलिफोनमार्फत् मात्र कुराकानी गर्न भन्दै सूचना जारी गरेको थियो ।

कोरोना भाइरसको त्रास र कतारको यस्तो निर्णयले कतारमा कार्यरत नेपालीहरु मारमा पर्ने देखिन्छ नै त्यसमा पनि श्रम स्वीकृति लिएकाहरु झनै समस्यामा परेका छन् ।

भिडभाडमा नजान र भौतिक सम्पर्क नराख्न नेपाली दूतावास कतारको अनुरोध

वि.सं.२०७६ फागुन २७ मंगलवार १३:४२ मा प्रकाशित

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्ला । गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

काठमाडौं । जेटियुसिसीले ट्रेड युनियन अधिकारको विषयमा आवाज उठाउन भोलि...

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

काठमाडौँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका...