back
CTIZAN AD

भिडभाडमा नजान र भौतिक सम्पर्क नराख्न नेपाली दूतावास कतारको अनुरोध

वि.सं.२०७६ फागुन २७ मंगलवार

873 

shares

२७ फागुन, काठमाण्डौं । नेपाली दूतावास कतारले कतारमा कार्यरत नेपालीलाई कोरोना भाइरसका बारेमा सचेत गराउँदै भिडभाडमा नजान र भौतिक सम्पर्क नराख्न अनुरोध गरेको छ ।

दूतावासले सोमबार एक सूचना जारी गर्दै कतारको स्वास्थ्य मन्त्रालयका अनुसार हाल सम्म १५ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको जनाउँदै कतार सरकारले अपनाएको सतर्कता र संवेदनशीलतालाई मध्येनजर गर्दै अत्यावस्यक अवस्थामा बाहेक भेटघाट वा भौतिक सम्पर्क नराख्न अनुरोध गर्दै टेलिफोनको माध्यमबाट एकापसमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

‘साथै दूतावासबाट प्रवाह हुने सेवाका सम्बन्धमा समेत आवस्यक जानकारी लिनु परेमा भौतिकरुपमा दूतावास आइरहनु नपर्ने सोको लागि समेत राजदूतावासको फोन नम्बर ४४६७५६८१\४४६७५६८३\४४१७१९६२ मा सम्पर्क राख्न eondoha@mofa.gov.np, nembdoha@gmail.com इमेल गर्न सकिने व्यहोरा समेत सबैको जानकारीका लागि अनुरोध छ ।’ दूतावासद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

स्मरण रहोस् कतार सरकारले सोमबारदेखि नै नेपालसहित १४ मुलुकका नागरिकलाई अस्थायी रुपमा कतार प्रवेशमा रोक लगाएको छ ।

वि.सं.२०७६ फागुन २७ मंगलवार ०९:३६ मा प्रकाशित

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्ला । गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

काठमाडौं । जेटियुसिसीले ट्रेड युनियन अधिकारको विषयमा आवाज उठाउन भोलि...

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

काठमाडौँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका...