२७ फागुन, काठमाण्डौं । नेपाली दूतावास कतारले कतारमा कार्यरत नेपालीलाई कोरोना भाइरसका बारेमा सचेत गराउँदै भिडभाडमा नजान र भौतिक सम्पर्क नराख्न अनुरोध गरेको छ ।
दूतावासले सोमबार एक सूचना जारी गर्दै कतारको स्वास्थ्य मन्त्रालयका अनुसार हाल सम्म १५ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको जनाउँदै कतार सरकारले अपनाएको सतर्कता र संवेदनशीलतालाई मध्येनजर गर्दै अत्यावस्यक अवस्थामा बाहेक भेटघाट वा भौतिक सम्पर्क नराख्न अनुरोध गर्दै टेलिफोनको माध्यमबाट एकापसमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।
‘साथै दूतावासबाट प्रवाह हुने सेवाका सम्बन्धमा समेत आवस्यक जानकारी लिनु परेमा भौतिकरुपमा दूतावास आइरहनु नपर्ने सोको लागि समेत राजदूतावासको फोन नम्बर ४४६७५६८१\४४६७५६८३\४४१७१९६२ मा सम्पर्क राख्न [email protected], [email protected] इमेल गर्न सकिने व्यहोरा समेत सबैको जानकारीका लागि अनुरोध छ ।’ दूतावासद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
स्मरण रहोस् कतार सरकारले सोमबारदेखि नै नेपालसहित १४ मुलुकका नागरिकलाई अस्थायी रुपमा कतार प्रवेशमा रोक लगाएको छ ।
वि.सं.२०७६ फागुन २७ मंगलवार ०९:३६ मा प्रकाशित