back
CTIZAN AD

गरे के हुन्न ? स्वदेशमै मासिक रु १ लाख कमाई गर्दै युवा

वि.सं.२०७६ फागुन २७ मंगलवार

1.1K 

shares

२७ फागुन, रामपुर । धन कमाउनकै लागि अरब र खाडी मुलुकमा युवाको लहर बढिरहेको बेला रामपुर नगरपालिका–४ सदावर्त बस्ने युवा विनोद श्रेष्ठले भने दूध बिक्री गरेर मनग्य कमाई गर्न थालेका छन् । व्यावसायिकरूपमा उन्नत जातका भैँसी तथा गाईबाट दूध बिक्री गरी खर्च कटाएर मासिक रु एक लाख बराबरको कमाई गर्छन् ।

उनले डेढ वर्षअघिदेखि व्यवसाय सञ्चालन गरेका हुन् । “दूध बिक्रीबाट एक महिनामा दुई लाखसम्म कमाई हुन्छ, खर्च कटाएर रु एक लाख नाफा लिएको छु, पशुपालनमा लगानीअनुसार मिहिनेत गरियो भने कमाई राम्रै हुने रहेछ”, श्रेष्ठले भने ।
दश वर्षसम्म हेल्थ एन्ड रिसर्च सेन्टरमा कामगरेका श्रेष्ठले पशुपालनबाटै रामपुर नगरपालिकामा समृद्धि भित्र्याउने लक्ष्यका साथ यो व्यवसायमा लागेका हुन् । “प्रोजेक्टमा रहेर विशेष गरी तराई क्षेत्रमा काम गर्ने अवसर मिल्यो, त्यस क्षेत्रमा घरघरमा पालिएका पशुबाट कृषकले राम्रो कमाई गरेको देखेपछि मलाई पनि आफ्नै गाउँमै बसेर पशुपालन गर्ने इच्छा जाग्यो र जागिर छाडेर अहिले पशुपालनमा लागेको छु”, उनले भने ।

उनको फार्ममा हाल नौ उन्नत जातका भैँसीमध्ये छवटा दुहुना भैँसीबाट ५० लिटर, आठवटा उन्नत जातका होलस्टिन र जर्सी गाईमध्ये पाँच गाईबाट ५० लिटर दूध उत्पादन गरी घरघरमा बिक्री गर्छन् । उनको फार्ममा उत्पादित दूध बजार लैजान नपाउँदै घरघरमा ग्राहकले लिने गरेका छन् । भैँसीको प्रतिलिटर रु ८५ र गाईको ७५ मा दूध बिक्री भइरहेको छ ।

फार्म व्यवस्थापनमा रु २५ लाख र गाईभैँसी खरिदमा रु २० लाख लगानी परेको छ । उनले व्यवसाय बढाउने सोच बनाएर ३० वटा पशु अट्ने क्षमताको फार्म निर्माण गरेका छन् । व्यवसायलाई बढाएर ५० वटा भैँसी र गाई पु¥याउने र त्यसबाट मासिक रु सात लाखसम्म कमाई गर्ने लक्ष्य छ । ग्राहकले गाईको दूधभन्दा बढी भैँसीको दूध मन पराउने हुँदा भैँसीको सङ्ख्या बढाउने उनी बताउँछन् ।

यहीँ व्यवसायबाट पाँचजनालाई रोजगारसमेत दिएका छन् । आफ्नै ३५ रोपनी जग्गामा विभिन्न प्रजातिका घाँस लगाएका छन् भने व्यवसाय बढाएर जग्गा भाडामा लिई ९० रोपनी क्षेत्रफलमा घाँस लगाउने तयारी भइरहेको छ । आफ्नै करिब दुई रोपनी जग्गामा व्यवसाय चलाएका श्रेष्ठको पशुपालन व्यवसाय अहिले रामपुरमा अवलोकनयोग्य बनेको छ ।रासस

वि.सं.२०७६ फागुन २७ मंगलवार ०९:०० मा प्रकाशित

लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा

लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा

घोराही (दाङ) । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्बाट नेपाल कम्युनिष्ट पार्टी...

सत्तरी वर्षमा नागरिकता पाइन् राममायाले

सत्तरी वर्षमा नागरिकता पाइन् राममायाले

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६, डाँडाखर्ककी राममायाँ खत्रीले ७० वर्षको...

वीरगञ्ज महानगरका प्रमुख सिंह लुकेर बसेको अवस्थामा पक्राउ

वीरगञ्ज महानगरका प्रमुख सिंह लुकेर बसेको अवस्थामा पक्राउ

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहलाई पक्राउ गरिएको...

सहज बन्दै बुटवल–नारायणगढ सडक यात्रा

सहज बन्दै बुटवल–नारायणगढ सडक यात्रा

सिद्धार्थनगर (भैरहवा) । वर्षौंदेखि निर्माणका कारण जाम, धुलो र अस्तव्यस्ताको...

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

नेपालगन्ज । सल्लाको आख्ला भारत निकासी नहुँदा जडीबुटी व्यवसायी समस्यामा...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...