back
CTIZAN AD

सबै तहका सबै परीक्षा निर्धारित समयमै हुन्छ , हल्लामा नलाग्न परीक्षा नियन्त्रकको आग्रह

वि.सं.२०७६ फागुन २७ मंगलवार

894 

shares

२७ फागुन, काठमाडौँ । परीक्षा तयारीमा जुटेका लाखौँ विद्यार्थीको परीक्षा पूर्वनिर्धारित कार्यकातिका अनुसार नै सञ्चालन हुने भएको छ ।

नेपालमा कोरोना भाइरसको सङ्क्रमणले विद्यालय तथा उच्च शैक्षिक संस्था बन्द हुने तथा विद्यार्थीको वार्षिक परीक्षासमेत पर सर्ने सम्भावना औँल्याइए पनि पूर्वनिधारित तालिका अनुसार परीक्षा सञ्चालन हुने भएको हो ।

अब सबै तहको परीक्षा तोकिएकै समयमा सम्पन्न हुनेछन् । सम्बद्ध अधिकारीले विद्यार्थीलाई निर्वाध रुपमा परीक्षाको तयारीमा जुट्न र अभिभावकलाई समेत विचलित नहुन आह्वान गरेको समाचार गोरखापत्र दैनिकमा छ ।
कहिलेदेखि कुन परीक्षा ?

चैत ५ भित्र नौ कक्षा सम्मको परीक्षा सकिने
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा नौ सम्मको परीक्षा चैत ५ गतेभित्र गरिसक्न निर्देशन दिएसँगै हाल विद्यालयहरुमा धमाधम परीक्षा सञ्चालन भइरहेका छन् ।

एसइई चैत ६ गतेबाट
एसइई परीक्षा चैत ६ गतेबाट सुरु हुँदैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले एसइई परीक्षा निर्धारित समयमै सञ्चालन हुने बताएका छन् ।

वैशाखमा कक्षा ११ र १२ को परीक्षा
अर्काेतिर कक्षा ११ र १२ को पूर्वनिर्धारित परीक्षा कार्यतालिकामा कुनै हेरफेर नहुने जानकारी राष्ट्रिय परीक्षा बोर्डले दिएको छ । बोर्डका अनुसार ०७७ वैशाख तेस्रो साताबाट सञ्चालन हुने कक्षा ११ र दोस्रो साता हुने कक्षा १२ को परीक्षामा कुनै परिवर्तन गरिएको छैन ।

त्रिविका धेरै परीक्षा चैतमा
त्रिभुवनल विश्वविद्यालयले पनि सार्वजनिक गरिएको परीक्षा कार्यतालिकामा हेरफेर नगर्ने निर्णय गरेको छ । त्रिविले चैत महिनामा एलएलबी, बीएड र स्नातकोत्तर तहको परीक्षा तालिका सार्वजनिक गरेको थियो । यी सबै परीक्षा चैतमा गर्ने त्रिविको तयारी छ । यही अवस्थामा परीक्षा नसार्ने त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । ०७७ वैशाखमा स्नातक तह चौथौ वर्षको परीक्षा सञ्चालन गर्ने त्रिविको तयारी छ ।

कानूनका विद्यार्थीको परीक्षा पनि नसर्ने
परीक्षा नियन्त्रक जोशीले एलएलबी दोस्रो वर्ष र स्नातकोत्तर तहका केही विषयको परीक्षा एकै दिन परेपनि परीक्षा सार्न नसकिने स्पष्ट पारेका छन् । विद्यार्थीका केही परीक्षा जुधेको तर परीक्षा सार्दा तीन चार महिना नै पछि धकेलिने भएपछि पूर्वनिर्धारित कार्यतालिका अनुसार नै परीक्षा हुने उनले बताए ।

स्वास्थ्यको ख्याल गर्न सुझाव
कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन परीक्षामा सहभागी विद्यार्थीले धेरै ,सावधानी अपनाउनुपर्ने भएको छ । शैक्षिक संस्थाले परीक्षामा उपस्थित विद्यार्थीलाई एक अर्कामा हात नमिलाउन, अङ्कमाल तथा भीडभाड नगर्न, टाडैबाट नमस्कार गर्न, खुलारुपमा नखोक्न, स्वास्थ्य अवस्था अनुसार सजग रहन र मास्क पयोग गर्न आह्वान गरेका छन् ।

वि.सं.२०७६ फागुन २७ मंगलवार ०९:३९ मा प्रकाशित

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्ला । गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

काठमाडौं । जेटियुसिसीले ट्रेड युनियन अधिकारको विषयमा आवाज उठाउन भोलि...