२७ फागुन, युएई । युएईमा कोरोना भाइरस कोभिड १९ को संक्रमितको संख्या ६५ पुगेको छ ।
युएइको स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमित हुनेमा ४ स्थानीय नागरिक सहित ३ इटालियन, २ बंगलादेशी, २ नेपाली, १ रसियन, १ इण्डियन, र १ सिरियन नागरिक रहेका छन् ।
विश्वका १०४ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने मानिसको संख्या ३ हजार ८ सय २७ पुगेको छ । चीनमा सबैभन्दा बढि ३१ सय १९ जनाको मृत्यु भएको छ भने बाँकी ७ सय ८ जनाको विभिन्न १९ वटा मुलुकमा मृत्यु भएको छ । डब्लूएचओका अनुसार अहिलेसम्म १ सय ४ वटा मुलुकमा कोरोनाभाइरस देखिदा १ लाख १० हजार मानिसमा संक्रमण देखिएको छ ।

वि.सं.२०७६ फागुन २७ मंगलवार ०९:५६ मा प्रकाशित






























