back
CTIZAN AD

मुक्तिनाथ विकास बैंक ग्रामिण भेगका बस्ति बस्तिमा

वि.सं.२०७३ पुस १ शुक्रवार

1.3K 

shares

mukatinath-bank

काठमाण्डौं । ‘जनता बैंकमा होइन, बैंक जनतामा जान्ु पर्दछ’ भन्ने मूलमर्मलाई आत्मसाथ गरेको मुक्तिनाथ विकास बैंकले ग्रामीण भेगमा रहेका आम नागरिक बीच अन्तरक्रिया कार्यक्रमको शुरुवात गरेको छ ।
बैंकले “एक व्यक्ति एक बचत खाता, एक परिवार एक सफल उद्यमी” अभियान अन्र्तगत स्याङ्जाको कृष्णगण्डकी गाविस स्थित ढाव र मिर्मिमा यो कार्यक्रमको सुरुवात गरेको छ ।
मंगलबार भगवती नमूना उच्च मा.वि.का प्राचार्य पिताम्बर भट्टराईले उद्घाटन गरी सो कार्यक्रमको सुरुवात गरिएको यो । कार्यक्रममा स्थानीय व्यापारी, बुद्धिजीवी, समाजसेवी, कर्मचारी र कृषकहरुको सहभागिता थियो ।

लघुवित्त विभाग प्रमुख गोविन्द बहादुर राउतले उक्त कार्यक्रममा बैँकले हाल प्रदान गर्दै आएको आफ्नो सेवा र सुविधाहरुको बारेमो जानकारी गराएका थिए । सो पश्चात सहभागीहरुबाट बैँकको सेवाहरुलाई अझै प्रभावकारी रुपमा आम नागरिक समक्ष पु¥याउन बैँकले गर्नु पर्ने सुधारहरु बारेमा सुझाव मागिएको थियो भने सहभागीहरुले बैँकिङ्ग सेवा लिंदा भोगेका कठिनाईहरु र सुधारका लागि सुझाव दिएका थिए ।
सोही अवसरमा हरेक व्यक्तिको बैँक खाता हुनु पर्ने, बैँकिङ्ग माध्यमबाट कारोबार गर्नु पर्ने, हरेक परिवारमा कम्तीमा एक जना सफल उद्यमी भएमा हाम्रो समुदायको उन्नती हुने कुरामा जोड दिइएको थियो । बैँकले प्रदान गर्दै आई रहेको विविध प्रकारका सेवा सुविधामा थप सुधार गरी अझै धेरै नागरिक समक्ष वित्तीय पहूँच पु¥याउन यो कार्यक्रम उपलब्धिमूलक हुने बैँकले विश्वास गरेको छ ।

तालिम विभाग प्रमुख सर्मिला लम्सालले सहजिकरण गर्नु भएको उक्त कार्यक्रममा लघुवित्त विभाग प्रमुख गोविन्द बहादुर राउत, कर्जा विभाग प्रमुख प्रेम थापा, अनुगमन अधिकृत राजेन्द्र पाण्डे, सहायक अधिकृत दमन पोखरेल लगायत शाखा कार्यालयका कर्मचारीहरुको उपस्थिति थियो ।

बैँकले हाल ३१ वटा आधुनिक बैंकिङ्ग, १६ वटा सीमित बैंकिङ्ग र २ वटा एक्स्टेन्सन काउन्टर सहित ४७ वटा लघुवित्त डेस्क कार्यालयहरुबाट वित्तीय सेवा प्रदान गरी रहेको छ । यस विकास बैँकको हालसम्म १२ अर्ब ७६ करोड निक्षेप संकलन गरी १२ अर्ब १८ करोड कर्जा लगानी गरेको छ । यस बैँकको लघुवित्त कार्यक्रममा ९५ हजार ८ सय ७४ सदस्यहरु आवद्ध रहेका छन् ।

वि.सं.२०७३ पुस १ शुक्रवार ०५:४१ मा प्रकाशित

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका : टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका : टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै सिप्रदी...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८...

महालक्ष्मी विकास बैंकद्धारा दिगो बैकिङ्ग प्रबद्र्धनको लागि पदयात्रा

महालक्ष्मी विकास बैंकद्धारा दिगो बैकिङ्ग प्रबद्र्धनको लागि पदयात्रा

काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा...