back
CTIZAN AD

चौतारी रेष्टुरेण्ट कुवेतले मनायो स्थापनाको चौथो वर्ष

वि.सं.२०७३ पुस १ शुक्रवार

966 

shares

choutari-kuwait

कुवेतमा कार्यरत रहेका नेपालीद्धारा सञ्चालित चौतारी रेष्टुरेण्टले आफ्नो चौथो बार्षिकोत्सव मनाएको छ ।
कुवेतको मालियास्थित एडिडाज भवनको पहिलो तल्लामा रहेको चौतारी रेष्टुरेण्टले १५ डिसेम्बका दिन रेष्टुरेण्ट स्थापना भएको चौथो वर्ष भव्यरुपमा मनाएको हो ।
उक्त बार्षिकोत्सव कार्यक्रममा नेपाली दूताबास कुवेतका प्रथम सचिब अम्विका जोशी, द्धितीय सचिव भोगेन्द्र लिङदेन, सहचारी सुरेश अधिकारी लागायतका कर्मचारीहरु, एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङ, एनआरएनए मध्यपूर्व उपसंयोजक धर्मराज गिरी,कुवेतमा क्रियासीलल नेपाली मिडियाका प्रतिनिधिहरु तथा चौतारी रेष्टुरेन्टका शुभचिन्तकहरुको समेत उपस्थिती रहेको थियो ।
कुवेतमा रहेका नेपाली युवाहरु राजु कार्की, हर्कबहादुर मोक्तान, प्रेम गुरुङ, र राणा लामाले शुरु गरेको उक्त चौतारी रेस्टुरेन्टमा हाल राजु कार्की, हर्कबहादुर मोक्तान, प्रेम गुरुङ,मोहन जैशी, बिकास अधिकारीको संयुक्त लगानी रहेको छ ।

कार्यक्रममा दूतावासका प्रथम सचिव अम्बिका जोशीले कुवेतमा आफ्नै लगानीमा व्यवसाय सुरु गरेका नेपाली युवाहरुको प्रसंसा गर्दै यसबाट सबैले सिक्नुपर्ने बताउनु भएको थियो भने विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले रेष्टुरेण्टको प्रगतिको कामना गरेका थिए ।
दिल कुमार पाख्रिनको संचालन रहेको उक्त चौथो बार्षिकोत्सव कार्यक्रममा रेष्टुरेण्टका संचालक सदस्य राजु कार्कीले रेष्टुरेण्टका बारेमा बताएका थिए ।

कार्यक्रममा कुवेतको कुटनैतिक कार्यभार समाप्त गरी नेपाल फकुन लागेका दुताबासका प्रथम सचिब अम्बिका जोशिलाई बिदाइ समेत गरिएको गरिएको थियो ।

वि.सं.२०७३ पुस १ शुक्रवार ०६:१७ मा प्रकाशित