back

गाँजा चरेस र घरेलु हतियारसहित दुई भारतीय पक्राउ

वि.सं.२०७३ पुस १ शुक्रवार

543 

shares
IME Limited
NTC AD

 १ पुस,गौशाला । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट बिहीबार साँझ सशस्त्र प्रहरीले गाँजा, चरेस र घरेलु हतियारसहित दुईजना भारतीय युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत विहारको सीतामढी जिल्लाको सुरसण्ड सहरका २५ वर्षीय छोटु डन भन्ने आनन्दकुमार दुबे र २० वर्षीय आशिषकुमार ठाकुर रहेका छन् ।

सशस्त्र प्रहरी बल, बिओपी, मलिवाराबाट सशस्त्र प्रहरी निरीक्षक गोविन्द पोखरेलको नेतृत्वमा खटिगएको सशस्त्र प्रहरी टोलीले जिल्ला सदरमुकाम जलेश्वरको खैराचोकमा भारतबाट बिआरबी ३८२४ नंको मोटरसाइकलमा चढी आएका दुवै युवकलाई पक्राउ गरेको थियो ।

सशस्त्र प्रहरीले पक्राउ गरेका दुवैको साथबाट चार पोका गाँजा, तीन पोका चरेस, ७५ किलोग्राम चिनी, एक थान चक्कु र दुई हजार १५५ भारतीय तथा एक हजार ३६० नेपाली रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक पोखरेलले बताउनुभयो ।

पक्राउ परेका दुवैलाई सशस्त्र प्रहरीले आवश्यक अनुसन्धानका लागि हाल सशस्त्र प्रहरी बल, सीमा सुरक्षा कार्यालय, महोत्तरीमा लगिएको जनाइएको छ । रासस

वि.सं.२०७३ पुस १ शुक्रवार ०६:२२ मा प्रकाशित

आहा ! ढोरपाटन

आहा ! ढोरपाटन

ढोरपाटन । यतिबेला ढोरपाटन उपत्यकामा ढकमक्क फूलेका वनफूलले ढाकिएको छ...

स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा

स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा

वालिङ (स्याङ्जा) । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको निःशुल्क...

महानगरका वडाहरुमा महिला सक्रियता बढ्दै

महानगरका वडाहरुमा महिला सक्रियता बढ्दै

काठमाडौँ । देशको राजधानीसमेत रहेको काठमाण्डौ महानगरभित्र माओवादी निकट महिलाहरु...

मौद्रिक नीति सकारात्मक : सिबिफिन

मौद्रिक नीति सकारात्मक : सिबिफिन

काठमाडौँ । दिगो, दर्बिलो, र वास्तविक अर्थतन्त्रको निर्माणका लागि मौद्रिक...

काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड (पूर्णपाठ)

काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड (पूर्णपाठ)

काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख...

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

स्याङ्जा । नेपाल तान्त्रिक झाँक्री संघका अध्यक्ष धर्मगुरु प्रकाश भुजेलले...