back
CTIZAN AD

गाँजा चरेस र घरेलु हतियारसहित दुई भारतीय पक्राउ

वि.सं.२०७३ पुस १ शुक्रवार

861 

shares

 १ पुस,गौशाला । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट बिहीबार साँझ सशस्त्र प्रहरीले गाँजा, चरेस र घरेलु हतियारसहित दुईजना भारतीय युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत विहारको सीतामढी जिल्लाको सुरसण्ड सहरका २५ वर्षीय छोटु डन भन्ने आनन्दकुमार दुबे र २० वर्षीय आशिषकुमार ठाकुर रहेका छन् ।

सशस्त्र प्रहरी बल, बिओपी, मलिवाराबाट सशस्त्र प्रहरी निरीक्षक गोविन्द पोखरेलको नेतृत्वमा खटिगएको सशस्त्र प्रहरी टोलीले जिल्ला सदरमुकाम जलेश्वरको खैराचोकमा भारतबाट बिआरबी ३८२४ नंको मोटरसाइकलमा चढी आएका दुवै युवकलाई पक्राउ गरेको थियो ।

सशस्त्र प्रहरीले पक्राउ गरेका दुवैको साथबाट चार पोका गाँजा, तीन पोका चरेस, ७५ किलोग्राम चिनी, एक थान चक्कु र दुई हजार १५५ भारतीय तथा एक हजार ३६० नेपाली रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक पोखरेलले बताउनुभयो ।

पक्राउ परेका दुवैलाई सशस्त्र प्रहरीले आवश्यक अनुसन्धानका लागि हाल सशस्त्र प्रहरी बल, सीमा सुरक्षा कार्यालय, महोत्तरीमा लगिएको जनाइएको छ । रासस

वि.सं.२०७३ पुस १ शुक्रवार ०६:२२ मा प्रकाशित

बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

दाङ । यात्रीलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक...

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...