back

चौतारी रेष्टुरेण्ट कुवेतले मनायो स्थापनाको चौथो वर्ष

वि.सं.२०७३ पुस १ शुक्रवार

591 

shares
GLOBAL IME AD
NTC AD

choutari-kuwait

कुवेतमा कार्यरत रहेका नेपालीद्धारा सञ्चालित चौतारी रेष्टुरेण्टले आफ्नो चौथो बार्षिकोत्सव मनाएको छ ।
कुवेतको मालियास्थित एडिडाज भवनको पहिलो तल्लामा रहेको चौतारी रेष्टुरेण्टले १५ डिसेम्बका दिन रेष्टुरेण्ट स्थापना भएको चौथो वर्ष भव्यरुपमा मनाएको हो ।
उक्त बार्षिकोत्सव कार्यक्रममा नेपाली दूताबास कुवेतका प्रथम सचिब अम्विका जोशी, द्धितीय सचिव भोगेन्द्र लिङदेन, सहचारी सुरेश अधिकारी लागायतका कर्मचारीहरु, एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङ, एनआरएनए मध्यपूर्व उपसंयोजक धर्मराज गिरी,कुवेतमा क्रियासीलल नेपाली मिडियाका प्रतिनिधिहरु तथा चौतारी रेष्टुरेन्टका शुभचिन्तकहरुको समेत उपस्थिती रहेको थियो ।
कुवेतमा रहेका नेपाली युवाहरु राजु कार्की, हर्कबहादुर मोक्तान, प्रेम गुरुङ, र राणा लामाले शुरु गरेको उक्त चौतारी रेस्टुरेन्टमा हाल राजु कार्की, हर्कबहादुर मोक्तान, प्रेम गुरुङ,मोहन जैशी, बिकास अधिकारीको संयुक्त लगानी रहेको छ ।

कार्यक्रममा दूतावासका प्रथम सचिव अम्बिका जोशीले कुवेतमा आफ्नै लगानीमा व्यवसाय सुरु गरेका नेपाली युवाहरुको प्रसंसा गर्दै यसबाट सबैले सिक्नुपर्ने बताउनु भएको थियो भने विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले रेष्टुरेण्टको प्रगतिको कामना गरेका थिए ।
दिल कुमार पाख्रिनको संचालन रहेको उक्त चौथो बार्षिकोत्सव कार्यक्रममा रेष्टुरेण्टका संचालक सदस्य राजु कार्कीले रेष्टुरेण्टका बारेमा बताएका थिए ।

कार्यक्रममा कुवेतको कुटनैतिक कार्यभार समाप्त गरी नेपाल फकुन लागेका दुताबासका प्रथम सचिब अम्बिका जोशिलाई बिदाइ समेत गरिएको गरिएको थियो ।

वि.सं.२०७३ पुस १ शुक्रवार ०६:१७ मा प्रकाशित

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष घिमीरेलाई विशेष सम्मान

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष घिमीरेलाई विशेष सम्मान

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमीरेलाई विशेष सम्मान प्राप्त भएको...

अमेरिकामा रहेकी लक्ष्मीको पाँचौ कृति कविता–संग्रह सार्वजनिक

अमेरिकामा रहेकी लक्ष्मीको पाँचौ कृति कविता–संग्रह सार्वजनिक

अमेरिका । अमेरिकाको न्यूयोर्कमा रहेर साहित्य सिर्जनामा लागेकी लक्ष्मी श्रेष्ठको...

डेनमार्कमा अध्ययनरत २४ वर्षीया नेपाली विद्यार्थीको मृत्यु

डेनमार्कमा अध्ययनरत २४ वर्षीया नेपाली विद्यार्थीको मृत्यु

डेनमार्क । उच्च शिक्षा अध्ययनका लागि डेनमार्क पुगेकी एक नेपाली...

बेलायतको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

बेलायतको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

लन्डन (बेलायत) । लण्डनको वाटरलु नजिकै थेम्स नदी किनारमा भेटिएको...

आवुधावीमा सञ्चालित राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा

आवुधावीमा सञ्चालित राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा

काठमाडौँ । नेपाली दूतावास अबुधावीले सञ्चालन गरेको राहदानी नवीकरण सेवा...

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित भएका छन्...