back
CTIZAN AD

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

वि.सं.२०८३ साउन ७ बिहीवार

912 

shares

ब्रुज (बेल्जियम)। नेपाली जनसम्पर्क समिति बेल्जियमको छैटौं अधिवेशन सम्पन्न भएको छ। बेल्जियमको ब्रुज शहरमा सम्पन्न अधिवेशनले देबु शर्मा पौडेलको सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका नेता तथा पार्टी प्रवक्ता देवराज चालिसेले गरेका थिए। कार्यक्रममा केन्द्रीय प्रतिनिधि पूर्ण हमालको विशेष आतिथ्यता रहेको थियो भने निर्वाचन समितिको संयोजन इन्द्र क्षेत्री पकवानले गरेका थिए। अधिवेशनले आगामी कार्यकालका लागि निम्नानुसार नयाँ नेतृत्व चयन गरेको छ।

नयाँ कार्यसमिति :

सभापति : देबु शर्मा पौडेल
वरिष्ठ उपसभापति : प्रकाश गिरी
उपसभापति : राजु थापा
महामन्त्री : बुद्ध अधिकारी (दिप्शन)
महामन्त्री:  अन्जु मल्ल
संरक्षक : रामप्रसाद ढुङ्गाना

सदस्यहरू: 

हिल्टन खड्का
राजन घिमिरे
अच्युत पौडेल
अस्मिता भण्डारी काफ्ले
आकाश भण्डारी
शङ्कर खरेल

महाधिवेशन प्रतिनिधिहरू : 

ध्रुवराज पौडेल
गंगाधर गौतम
सीता सापकोटा
पूर्ण तिमिल्सिना
अनुजा प्रधान
नरहरि सापकोटा
मदनबाबु दवाडी

नवनिर्वाचित सभापति देबु शर्मा पौडेलले बेल्जियममा रहेका नेपाली समुदायलाई अझ सशक्त रूपमा संगठित गर्दै लोकतान्त्रिक मूल्य–मान्यता, प्रवासी नेपालीका हकहित तथा नेपाली कांग्रेसको संगठन विस्तारमा सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। अधिवेशनमा सहभागी वक्ताहरूले पनि प्रवासी नेपालीबीच एकता, सहकार्य र संगठन सुदृढीकरणमा नयाँ नेतृत्वले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।

वि.सं.२०८३ साउन ७ बिहीवार ११:४० मा प्रकाशित

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...