back
CTIZAN AD

ग्यास सिलिन्डर लिक भएर आगलागी, तीन जना कामदार गम्भीर घाइते

वि.सं.२०८३ साउन ७ बिहीवार

42 

shares

धनुषा । धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित एक उद्योगमा ग्यास लिक भएर आगलागी हुँदा तीन जना कामदार गम्भीर घाइते भएका छन्।

बिहीबार बिहान करिब ७ बजे राजेश अग्रवालले सञ्चालन गरेको ग्रिन बायो फ्युल उद्योग प्रालि (ब्रिकेट उत्पादन गर्ने उद्योग) परिसरभित्र रहेको कामदार बस्ने कोठामा खाना पकाउने क्रममा ग्यास लिक भई अचानक आगलागी भएको प्रहरीले जनाएको छ।

आगलागीमा परी बारा जिल्लाको प्रसौनी गाउँपालिका–४, खुटुवा प्रसौनीका २३ वर्षीय सोमराती अन्सारी, २२ वर्षीय अब्दुल अन्सारी र २५ वर्षीय धर्मराज महत्तो गम्भीर घाइते भएका छन्। उनीहरूको शरीरका विभिन्न भाग जलेको छ।

घाइते तीनै जनाको प्रारम्भिक उपचार प्रादेशिक अस्पताल, जनकपुरमा गरिएको थियो। थप उपचारका लागि उनीहरूलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा रेफर गरिएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढल्केबरबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ भने घटनाको कारण र क्षतिको विवरणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

वि.सं.२०८३ साउन ७ बिहीवार १२:०७ मा प्रकाशित

६ वर्षमा काठमाडौँ महानगरको आन्तरिक आय १२ अर्ब नाघ्यो, घरजग्गा रजिस्ट्रेसनमा लक्ष्यभन्दा बढी सफलता

६ वर्षमा काठमाडौँ महानगरको आन्तरिक आय १२ अर्ब नाघ्यो, घरजग्गा रजिस्ट्रेसनमा लक्ष्यभन्दा बढी सफलता

काठमाडौं । काठमाडौँ महानगरपालिकाको आन्तरिक राजस्व संकलन पछिल्ला ६ वर्षमा...

पुष्पलाल स्मृति दिवसका अवसरमा वामपन्थी दलहरूको भूमिकाका विषयमा गोष्ठि हुँदै

पुष्पलाल स्मृति दिवसका अवसरमा वामपन्थी दलहरूको भूमिकाका विषयमा गोष्ठि हुँदै

काठमाडौं । ४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा पुष्पलाल मित्रता केन्द्र...

प्रधानमन्त्री शाह नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाह नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ः३० बजे प्रधानमन्त्री...

चार लाख भारतीय रकमसहित पक्राउ

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगञ्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क...

सुनचाँदीको मूल्य सामान्य वृद्धि

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको...

नेपाली कम्युनिस्ट आन्दोलनका शीर्ष पुरूष पुष्पलाललाई आज देशभर सम्झिँदै

नेपाली कम्युनिस्ट आन्दोलनका शीर्ष पुरूष पुष्पलाललाई आज देशभर सम्झिँदै

काठमाडौं । नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक तथा अग्रणी वैचारिक नेता...