back
CTIZAN AD

६ वर्षमा काठमाडौँ महानगरको आन्तरिक आय १२ अर्ब नाघ्यो, घरजग्गा रजिस्ट्रेसनमा लक्ष्यभन्दा बढी सफलता

वि.सं.२०८३ साउन ७ बिहीवार

51 

shares

काठमाडौं । काठमाडौँ महानगरपालिकाको आन्तरिक राजस्व संकलन पछिल्ला ६ वर्षमा निरन्तर बढ्दो क्रममा रहेको देखिएको छ। आर्थिक वर्ष २०७७र७८ देखि २०८२र८३ सम्मको तथ्याङ्कले महानगरको राजस्वको दायरा र परिमाण दुवै विस्तार भएको देखाएको हो।

महानगरको राजस्व विभागले आर्थिक ऐन २०८३ सम्बन्धी वडा सचिव तथा लेखा शाखाका कर्मचारीका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा प्रस्तुत गरेको विवरणअनुसार आर्थिक वर्ष २०८२र८३ मा महानगरले १२ अर्ब ४ करोड ३३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। यो पछिल्ला ६ वर्षकै सबैभन्दा उच्च राजस्व हो। यद्यपि, १५ अर्ब ११ करोड रुपैयाँको लक्ष्य राखिएकोमा करिब ७९ प्रतिशत मात्र प्रगति हासिल भएको छ।

राजस्व विभागका प्रमुख दीपक अधिकारीले जनप्रतिनिधि तथा कर्मचारीको समन्वयात्मक प्रयासका कारण चुनौतीपूर्ण अवस्थाका बाबजुद उल्लेखनीय राजस्व संकलन गर्न सफल भएको बताए।

घरबहाल कर ठूलो आन्तरिक आयस्रोत

तथ्याङ्कअनुसार महानगरको सबैभन्दा ठूलो आन्तरिक आयस्रोत घरबहाल कर बनेको छ। आर्थिक वर्ष २०७७र७८ मा १ अर्ब ६१ करोड रुपैयाँ रहेको घरबहाल करबाट प्राप्त आम्दानी २०८२र८३ मा बढेर ३ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ, जुन करिब १३० प्रतिशतको वृद्धि हो।

त्यस्तै, सम्पत्ति कर पनि निरन्तर बढ्दै गएको छ। ६ वर्षअघि ७५ करोड ३८ लाख रुपैयाँ रहेको यो शीर्षकबाट गत आर्थिक वर्ष १ अर्ब १९ करोड रुपैयाँ संकलन भएको छ।

घरजग्गा रजिस्ट्रेसनमा लक्ष्यभन्दा बढी सफलता

व्यावसायिक गतिविधि विस्तारसँगै व्यवसाय कर पनि ३५ करोड ५३ लाख रुपैयाँबाट बढेर ६९ करोड १ लाख रुपैयाँ पुगेको छ। सिफारिस दस्तुरबाट प्राप्त आम्दानी पनि झण्डै दोब्बर भएर ९ करोड ८८ लाख रुपैयाँ पुगेको छ।

यसैबीच, घरजग्गा रजिस्ट्रेसन दस्तुरमा भने लक्ष्यभन्दा बढी सफलता हासिल भएको छ। १ अर्ब ६४ करोड रुपैयाँको लक्ष्य राखिएकोमा २ अर्ब ९ करोड रुपैयाँ संकलन भएको विभागले जनाएको छ। घरजग्गा कारोबारमा आएको वृद्धिलाई यसको प्रमुख कारण मानिएको छ।

नक्सापास र सवारी साधन करमा गिरावट

केही राजस्व शीर्षकमा भने गिरावट देखिएको छ। भवन अभिलेखीकरण कार्यक्रम सकिएपछि नक्सापास दस्तुरबाट प्राप्त हुने राजस्व १ अर्ब १ करोड रुपैयाँबाट घटेर ३९ करोड ३१ लाख रुपैयाँमा सीमित भएको छ।

त्यस्तै, बागमती प्रदेश सरकारमार्फत प्राप्त हुने सवारी साधन कर पनि अघिल्लो वर्षको ४३ करोड १८ लाख रुपैयाँबाट घटेर २० करोड ६२ लाख रुपैयाँमा झरेको छ।

बेरुजु शून्य अभियानमा विभाग प्रमुखको जोड

अभिमुखीकरण कार्यक्रममा बोल्दै वित्त विभागका प्रमुख डा। शिवराज अधिकारीले चालु आर्थिक वर्षदेखि नै राजस्व व्यवस्थापन र बेरुजुप्रति संवेदनशील हुन कर्मचारीलाई आग्रह गर्दै ‘बेरुजु शून्य अभियान’ सफल बनाउन सबैले साझा प्रयास गर्नुपर्ने बताए।

महाशाखा प्रमुख बिमला कोइरालाले आर्थिक ऐन २०८३ अन्तर्गत भएका करका दर, संशोधन तथा राजस्व लक्ष्यबारे जानकारी गराएकी थिइन् भने निर्देशक वसन्त आचार्यले आर्थिक ऐन तर्जुमाको उद्देश्य र कार्यान्वयनको मर्मबारे स्पष्ट पारेका थिए।

महानगरपालिकाको विश्लेषणले आन्तरिक आयमा समग्र वृद्धि देखिए पनि केही प्रमुख कर शीर्षकमा अझै सुधारको आवश्यकता रहेको संकेत गरेको छ। विशेषगरी लक्ष्यअनुसार राजस्व संकलन बढाउन कर प्रशासनलाई थप प्रभावकारी बनाउनु पर्ने निष्कर्ष प्रस्तुत गरिएको छ।

वि.सं.२०८३ साउन ७ बिहीवार १३:०२ मा प्रकाशित

प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार कुमार बेन र भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार बीच भेटवार्ता

प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार कुमार बेन र भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार बीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहका प्रमुख राजनीतिक सल्लाहकार कुमार...

पुष्पलाल स्मृति दिवसका अवसरमा वामपन्थी दलहरूको भूमिकाका विषयमा गोष्ठि हुँदै

पुष्पलाल स्मृति दिवसका अवसरमा वामपन्थी दलहरूको भूमिकाका विषयमा गोष्ठि हुँदै

काठमाडौं । ४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा पुष्पलाल मित्रता केन्द्र...

ग्यास सिलिन्डर लिक भएर आगलागी, तीन जना कामदार गम्भीर घाइते

ग्यास सिलिन्डर लिक भएर आगलागी, तीन जना कामदार गम्भीर घाइते

धनुषा । धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित एक उद्योगमा ग्यास लिक...

प्रधानमन्त्री शाह नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाह नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ः३० बजे प्रधानमन्त्री...

चार लाख भारतीय रकमसहित पक्राउ

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगञ्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क...

सुनचाँदीको मूल्य सामान्य वृद्धि

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको...