back
CTIZAN AD

पुष्पलाल स्मृति दिवसका अवसरमा वामपन्थी दलहरूको भूमिकाका विषयमा गोष्ठि हुँदै

वि.सं.२०८३ साउन ७ बिहीवार

180 

shares

काठमाडौं । ४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा पुष्पलाल मित्रता केन्द्र (पीएफसी) ले ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठी आयोजना गर्ने भएको छ।

नेपालमा वामपन्थी आन्दोलन विभाजन, वैचारिक अन्यौलता र बदलिँदो राजनीतिक समीकरणका कारण चुनौतीपूर्ण मोडमा पुगेका बेला ४८ औँ पुष्पलाल स्मृति दिवसको अवसर पारेर विचार गोष्ठी आयोजना हुन लागेको हो।

शुक्रबार, साउन ८ गते बिहान ११:३० बजे नयाँ बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा हुने कार्यक्रममा नेपालका प्रमुख वामपन्थी नेताहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहनेछन्। त्यस्तै विशिष्ट अतिथिका रूपमा नेकपाका सहसंयोजक माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंह, नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवाली,क्रान्तिकारी कम्युनिस्ट पार्टीका हरिभक्त कँडेल तथा विश्वभक्त दुलाल ‘आहुति’ वक्ता रहने हुने कार्यक्रम छ।

आयोजकका अनुसार वर्तमान राजनीतिक अवस्था, वामपन्थी आन्दोलनका चुनौती, दलहरूबीचको सहकार्य तथा आगामी राजनीतिक दिशाबारे विचार–विमर्श गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको हो।

पुष्पलाल मित्रता केन्द्रले राजनीतिक दलका नेता, बुद्धिजीवी, अनुसन्धानकर्ता तथा सरोकारवालाहरूलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।

वि.सं.२०८३ साउन ७ बिहीवार १२:२२ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...