२९ फागुन, काठमाण्डौं । संयुक्त राष्ट्र संघीय मिसन अन्तर्गत लेबनानमा कार्यरत एक नेपाली सैनिकको मृत्यु भएको छ ।
दक्षिण लेबनानको मेस एव जेबेलस्थित नेपाली क्याम्पमा समान बोक्ने क्रममा धादिङ मुलपानीका अमलदार नरबहादुर मगरको मृत्यु भएको हो । मगरको चोट लागेर उनको मृत्यु भएको लेबनानस्थित युनिफिललेले मंगलबार प्रेसविज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।
उनको मृत्युको बारेमा थप अनुसन्धान भइरहेको समेत उक्त विज्ञप्तिमा जनाइएको छ । ती सैनिक एकवर्षका लागि चारमहिना अघि मात्र लेबनान गएको पनि उक्त विज्ञप्तिमा जनाइएको छ ।
युनिफिलका फोर्स कमाण्डर मेजर जनरल स्टेफानो डेल कोलले मृतकप्रति श्रद्धान्जलि व्यक्त गर्दै परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
वि.सं.२०७६ फागुन २९ बिहीवार ११:०८ मा प्रकाशित






























