back
CTIZAN AD

मदन भण्डारीको गृह जिल्लाबाट १३ सय नेकपा कार्यकर्ता कांग्रेस प्रवेश गरेपछि किशोरको यस्तो सुझाव

वि.सं.२०७६ फागुन २९ बिहीवार

714 

shares

२९ फागुन, काठमाडौं । पत्रकार किशोर श्रेष्ठले नेकपाको धरातल कमजोर हुँदै गएको विष्लेषण गरेका छन् । मदन भण्डारीको गृह जिल्ल ताप्लेजुङमा झण्डै १३ सय नेकपा कार्यकर्ता तथा समर्थक नेपाली कांग्रेसमा प्रवेश गरेको कुरालाई इंगीत गर्दै श्रेष्ठले गुट हावी हुँदा नेकपाप्रति कार्यकर्ता निराश बनेको बताए ।

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै श्रेष्ठले दुई बर्षअघिको चुनावी परिणामलाई सिरानी हालेर आत्मरतिमा नरमाउन नेकपा नेताहरुलाई सुझाव पनि दिएका छन् । बैचारिक जागरण र साङ्गठानिक सकृयता भएन भने नेकपा धार नलागेको खुकुरीजस्तै भुत्ते हुने उनको तर्क छ ।

उनले लेखेका छन्- ‘माथि माथि दुई तिहाइ भनेर हुन्न कमरेड,जमिन कमजोर हुन थालिसक्यो,फिल्डको रिपोर्ट लिनुभएको ? केन्द्रदेखि स्थानीय सरकारसम्म जनताबाट कट्दै गए,गुट हावी भयो,नेताप्रति आस्था घट्दै गयो ! मदन भण्डारीदेखि झापा आन्दोलनका थुप्रै नेता जन्माउने जिल्ला ताप्लेजुङमा नेकपाका कार्यकर्ता र समर्थक गरी झण्डै १३ सय जना जनजागरण अभियानअन्तर्गत काङ्ग्रेस प्रवेश गरिसके ! दुई बर्षअघिको चुनावी परिणामलाई सिरानी हालेर आत्मरतिमा नरमाउनोस्,कार्यकर्ताले मनैदेखि सरकार र पार्टीको रक्षाकवच बन्ने अवसर पाएका छैनन् ! बैचारिक जागरण र साङ्गठानिक सकृयता भएन भने पार्टी धार नलागेको खुकुरीजस्तै भुत्ते हुन्छ कमरेड !’

वि.सं.२०७६ फागुन २९ बिहीवार ११:३३ मा प्रकाशित

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको...

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३...

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा...

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा...

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त...

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

त्रिवेणी (रुकुम पश्चिम) । गत बिहीबार रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा...