२९ फागुन, काठमाडौँ । केहि दिनदेखि निरतन्तर रुपमा उच्च भाउले बढ्दै आएको सुनको मूल्य आज घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज बिहिबार सुनको मूल्य ८ सयले घटेको हो ।
बुधबार छापावाला सुन ८२ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा आज बिहिबार ८ सयले घटेर तोलामा ८१ हजार ५ सय मूल्यमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनपनि घटेर तोलाको ८१ हजार २ सय पुगेको छ ।
बिहिबारको बजारमा सुनको मूल्य घटेसँगै चाँदीको मुल्य पनि घटेको छ । बुधबार ८ सय ८० रुपैँयामा कारोबार भएकोमा चाँदीको मूल्य आज २० रुपैँयाले घटेर ८ सय ६० मूल्यमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
वि.सं.२०७६ फागुन २९ बिहीवार ११:२७ मा प्रकाशित






























