back
CTIZAN AD

कोरियामा जुनुले सुरु गरिन् निःशुल्क माक्स वितरण अभियान (तस्बिरसहित)

वि.सं.२०७६ फागुन २९ बिहीवार

825 

shares

२९ फागुन, कोरिया । गैरआवासीय नेपाली संघ एनआरएनएकी पूर्वएसिया प्यासेफिकी महिला संयोजक तथा संघकी मानार्थ सदस्य जुनु गुरुङले फ्रि माक्स वितरण सुरु गरेकी छन् ।

लामो समयदेखि कोरियामा रहेकी समाजसेवी तथा शुभेच्छा रेष्टुरेण्ट र मार्टकी संचालिका जुनु गुरुङले दुङमेनस्थित आफ्नै रेष्टुरेण्टबाट निःशुल्क मास्क वितरण अभियान सुरु गरेकी हुन् ।

चीनमा कोरोना भाइरसको संक्रमण देखिनासाथ आफ्नो रेष्टुरेण्ट र मार्टमा आउने नेपालीलाई निःशुल्क माक्स वितरण गरेको जुनुले संसारन्युजलाई बताइन् ।

उनले आफ्नो सम्पर्क आउनेलाई निःशुल्क माक्स वितरण गरिरहने पनि जानकारी दिइन् ।

दक्षिण कोरियामा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट ६६ जनाको मृत्यु भइसकेको छ भने ७ हजार ८ सय ६९ जनामा संक्रमण देखिएको छ । जसमा तीनसय ३३ जना निको भएको तथ्यांक रहेको छ ।

कोरियामा कोरोना भाइरसको संक्रमण बढेपछि त्यसको नियन्त्रणका लागि कोरियन सरकारले व्यापक तयारी गरिरहेको छ ।

दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सरकारले मास्कमा कमि हुन नदिन नयाँ व्यवस्था गरेको छ । जसअनुसार मास्क किन्न परिचयपत्र देखाउनु पर्ने व्यवस्था लागू गरिएको छ । ६ मार्चदेखि परिचयपत्र देखाएर हप्ताको बढिमा २ वटा मास्क बेच्ने कोरियन सरकारले घोषणा गरेको हो ।

वि.सं.२०७६ फागुन २९ बिहीवार १३:१३ मा प्रकाशित

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको...

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३...

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा...

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा...

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त...

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

त्रिवेणी (रुकुम पश्चिम) । गत बिहीबार रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा...