back

कोरियामा जुनुले सुरु गरिन् निःशुल्क माक्स वितरण अभियान (तस्बिरसहित)

वि.सं.२०७६ फागुन २९ बिहीवार

492 

shares
GLOBAL IME AD
NTC AD

२९ फागुन, कोरिया । गैरआवासीय नेपाली संघ एनआरएनएकी पूर्वएसिया प्यासेफिकी महिला संयोजक तथा संघकी मानार्थ सदस्य जुनु गुरुङले फ्रि माक्स वितरण सुरु गरेकी छन् ।

लामो समयदेखि कोरियामा रहेकी समाजसेवी तथा शुभेच्छा रेष्टुरेण्ट र मार्टकी संचालिका जुनु गुरुङले दुङमेनस्थित आफ्नै रेष्टुरेण्टबाट निःशुल्क मास्क वितरण अभियान सुरु गरेकी हुन् ।

चीनमा कोरोना भाइरसको संक्रमण देखिनासाथ आफ्नो रेष्टुरेण्ट र मार्टमा आउने नेपालीलाई निःशुल्क माक्स वितरण गरेको जुनुले संसारन्युजलाई बताइन् ।

उनले आफ्नो सम्पर्क आउनेलाई निःशुल्क माक्स वितरण गरिरहने पनि जानकारी दिइन् ।

दक्षिण कोरियामा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट ६६ जनाको मृत्यु भइसकेको छ भने ७ हजार ८ सय ६९ जनामा संक्रमण देखिएको छ । जसमा तीनसय ३३ जना निको भएको तथ्यांक रहेको छ ।

कोरियामा कोरोना भाइरसको संक्रमण बढेपछि त्यसको नियन्त्रणका लागि कोरियन सरकारले व्यापक तयारी गरिरहेको छ ।

दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सरकारले मास्कमा कमि हुन नदिन नयाँ व्यवस्था गरेको छ । जसअनुसार मास्क किन्न परिचयपत्र देखाउनु पर्ने व्यवस्था लागू गरिएको छ । ६ मार्चदेखि परिचयपत्र देखाएर हप्ताको बढिमा २ वटा मास्क बेच्ने कोरियन सरकारले घोषणा गरेको हो ।

वि.सं.२०७६ फागुन २९ बिहीवार १३:१३ मा प्रकाशित

कोशी प्रदेशका सांसद सवार गाडी दुर्घटनामा

कोशी प्रदेशका सांसद सवार गाडी दुर्घटनामा

विराटनगर । कोशी प्रदेशका सांसद सवार गाडी मोरङको कानेपोखरीमा दुर्घटनामा...

अब ६८ वर्षमाथिका सबैलाई ज्येष्ठ नागरिक भक्ता

अब ६८ वर्षमाथिका सबैलाई ज्येष्ठ नागरिक भक्ता

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले...

गणतन्त्र दिवस मूल समारोह समिति गठन

गणतन्त्र दिवस मूल समारोह समिति गठन

काठमाडौँ । गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी...

फेदीखोलालाई मौरीमय बनाउन १६ हप्ते कृषक पाठशाला

फेदीखोलालाई मौरीमय बनाउन १६ हप्ते कृषक पाठशाला

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकामा व्यवसायिक मौरी पालन सम्वन्धि १६...

संसदीय उपसमितिले पेश गरेको प्रतिवेदनमा शिक्षक महासंघ असन्तुष्ट

संसदीय उपसमितिले पेश गरेको प्रतिवेदनमा शिक्षक महासंघ असन्तुष्ट

काठमाडौँ । नेपाल शिक्षक महासंघले शिक्षा विधेयकका सन्दर्भमा संसदीय उपसमितिले...

युक्रेन युद्धविराम प्रयासमा पुटिनसँग वार्ता गर्दै ट्रम्प

युक्रेन युद्धविराम प्रयासमा पुटिनसँग वार्ता गर्दै ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२२ मा मस्कोले...