back
CTIZAN AD

गाउँ फर्किएर कालिजपालन व्यवसाय गर्दै युवा

वि.सं.२०७६ फागुन २९ बिहीवार

861 

shares

२९ फागुन, मेलम्ची । युवा कामको खोजीमा शहर पस्ने र विदेश जाने क्रम बढेपछि प्रायः गाउँघरमा उमेर ढल्किएका मात्रै भेटिन्छन् तर सिन्धुपाल्चोक थुम्पाखरका युवाले भने गाउँ फर्क अभियान चलाएर जिल्लामै पहिलोपटक व्यावसायिक कालिजपालनमा लागेका छन् ।

विभिन्न कामको सिलसिलामा शहर पसेका सुनकोशी गाउँपालिका–६ थुम्पाखरका युवा अहिले आफ्नै थलोमा फर्कन थालेका छन् । शहर केन्द्रित हुँदा गाउँघर शून्य हुँदै गएको भन्दै युवाले गाउँमै बस्ने उद्देश्य लिएर कालिजपालनको नयाँ व्यवसायमा जुटेको बताएका छन् । युवा व्यवसायी मिलेर जिल्लामै पहिलोपटक कालिजपालन गर्न थालेका छन् ।

भगवती वाइल्ड एन्ड क्याटल प्रोडक्ट प्रालिमार्फत कालिजपालन शुरु गरेका युवाले यो व्यवसायका लागि रु १३ लाखभन्दा बढी लगानी गरेका छन् ।

कालिजपालनका लागि खासै प्राविधिक ज्ञानको आवश्यक नपर्नाका साथै थोरै समयमै फाइदा लिन सकिने भएकाले कालिजको व्यावसायिकपालनमा लागेको प्रालिका अध्यक्ष रामचन्द्र कार्कीले बताए । प्रतिगोटा रु तीन हजारसम्म बिक्री हुने कालिजको मासु स्वादिलो हुने भएकाले यसको माग बढ्दै गएको छ ।

व्यवसाय शुरु गर्दा लगानी बढी परेजस्तो लागे पनि बिक्री हुन थालेपछि दुई वर्षभन्दा कम समयमै लगानी उठ्ने र त्यसपछि व्यवसायमा नाफा हुन थाल्ने समूहका अर्का सदस्य मधुसूदन कार्कीको विश्वास छ ।

राजधानी र अन्य स्थानमा बसोबास गर्दै आएका युवाले यसरी गाउँमै बाँझो रहेको जग्गाको उपयोग गरी कृषितर्फ फर्कंदा सरकारले पनि उनीहरुको समस्याको समाधानका लागि उपचार र बीमामा विशेष व्यवस्था गरिदिने हो भने अन्य युवालाई पनि यसतर्फ आकर्षित गर्न सकिने उनीहरुको भनाइ छ ।रासस

वि.सं.२०७६ फागुन २९ बिहीवार १३:११ मा प्रकाशित

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको...

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३...

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा...

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको...

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले...

भोलि र पर्सि बीमा अभिकर्ताको परीक्षा, अनलाइन माध्यमबाट सहभागी हुनुपर्ने

भोलि र पर्सि बीमा अभिकर्ताको परीक्षा, अनलाइन माध्यमबाट सहभागी हुनुपर्ने

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको इजाजतपत्रका लागि...