back

पत्नी विन्दामाथि घुस मागेको आरोप लागेपछि योगेशको यस्तो प्रतिक्रिया

वि.सं.२०७६ फागुन २९ बिहीवार

426 

shares
GLOBAL IME AD
NTC AD

२९ फागुन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले आफूविरुद्ध षडयन्त्र भैरहेको बताएका छन् । योगेश पत्नी विन्दा घिमिरेले रकम लेनदेनको कुरा गरेको भनि समाचार सार्वजनिक भएपछि उनले त्यसलाई खुरापातीहरुले सृजना गरेको भ्रमको संज्ञा दिएका छन् । हालै सामाजिक सञ्जलहरुमा विन्दाले नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षामा उत्तीर्ण गराइदिने भन्दै ३ लाख रुपैया घुस मागेको म्यासेज सार्वजनिक भएको थियो ।

काउन्सिलकी एक सदस्यले विद्यार्थीसँग घुस मागेको फेसबुक म्यासेन्जरको च्याटमा घिमिरेको नाम जोडिएको छ। काउन्सिलको सदस्य जिता बरालले एक विद्यार्थीसँग लाइसेन्स परीक्षामा उतीर्ण गराउन घुस मागेकी छन्। च्याटमा जिताले नै विन्दासँगको सम्बन्ध राम्रो भएको बताएकी छन्। अहिले उक्त च्याट समाजिक सञ्जालमा भाइरल भइरहेको छ।

सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले आफूहरुले कुनै गल्ती नगरेको दाबी गरेका छन् । सम्बन्धित निकायले आफ्नो धारण सार्वजनिक गर्ने भन्दै उनले भ्रममा नपर्न सुभेच्छुकलाई आग्रह पनि गरेका छन् ।

उनले लेखेका छन्-‘कुनै गल्ती गरिएको छैन र गरिने पनि छैन । सम्बन्धित निकायले आफ्नो धारणा सार्वजनिक गर्नेछ । षड्यन्त्र र खुराफातप्रति हामी सचेत छौ । कोही पनि भ्रममा नपर्नु होला, चिन्ता नलिनुहोला ।’

वि.सं.२०७६ फागुन २९ बिहीवार १२:४४ मा प्रकाशित

विपीन जोशीको रिहाइबारे कतारका विशेष दूतसँग पुनः आग्रह

विपीन जोशीको रिहाइबारे कतारका विशेष दूतसँग पुनः आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले कतारको विदेश मन्त्रालयका...

उमेरले छेकेन रहरलाई, बाउन्न वर्षको उमेरमा १ कक्षामा पढ्दै डल्लीदेवी

उमेरले छेकेन रहरलाई, बाउन्न वर्षको उमेरमा १ कक्षामा पढ्दै डल्लीदेवी

राजेन्द्रप्रसाद पनेरू, कञ्चनपुर । पढाइको चाहना पूरा गर्न उमेर तगारो...

आज यी तीन प्रदेशमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने !

आज यी तीन प्रदेशमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने !

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव...

मेलम्चीको पानी बितरण विस्तार

मेलम्चीको पानी बितरण विस्तार

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी)...

अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

टेक्सास (अमेरिका) । अमेरिकाको टेक्सास राज्यको संसद्को बिहीबार सम्पन्न बैठकले...

‘के घर के डेरा घर नं २’ प्रदर्शनमा

‘के घर के डेरा घर नं २’ प्रदर्शनमा

काठमाडौँ । उपन्यासकार तथा कवि ‘बुद्धिसागर’को कथामा निर्माण गरिएको चलचित्र...