back
CTIZAN AD

कारागार र पशु स्वास्थ्य विधेयक समितिमा, अर्काे बैठक चैत ७ गते बस्ने

वि.सं.२०७६ फागुन २९ बिहीवार

765 

shares

२९ फागुन, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।

बैठकले गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गरेको ‘कारागार विधेयक, २०७६’ र कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले प्रस्तुत गरेको ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसहमतिले स्वीकृत गरेको हो ।

यसैगरी बैठकले अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकले ‘अन्तरदेशीय सङ्गठित अपराधविरुद्धको महासन्धिअन्तर्गतको पालेर्मो अभिसन्धिलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव पनि अनुमोदन गरेको छ । गृहमन्त्री थापाले प्रस्तुत गरेको उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले अनुमोदन गरेको हो ।

काँग्रेस नेता शेर्माको निधनमा शोक प्रस्ताव
प्रतिनिधिसभाको बैठकले नेपाली काँग्रेसका तर्फबाट पाँचथर जिल्ला क्षेत्र नं १ बाट संविधानसभा निर्वाचनमा निर्वाचित सदस्य पूर्णकुमार शेर्माको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद शेर्माको निधनप्रति शोक प्रकट गर्दै प्रस्तुत गरेको प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो । पूर्वस्थानीय विकासमन्त्री शेर्माको मिर्गौला रोगको उपचारका क्रममा यही फागुन २८ गते ७६ वर्षका उमेरमा निधन भएको हो ।

विसं २०४८ मा काँग्रेसका तर्फबाट राष्ट्रियसभामा मनोनीत शेर्मा २०६४ सालमा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । बैठकमा उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो । प्रतिनिधिसभाको अर्को बैठक आगामी चैत ७ गते अपराह्न १ बजे बस्नेछ ।

वि.सं.२०७६ फागुन २९ बिहीवार १४:१४ मा प्रकाशित

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको...

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३...

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा...

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा...

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त...

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

त्रिवेणी (रुकुम पश्चिम) । गत बिहीबार रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा...